+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
155/7 (20)
VS
Sudurpaschim Royals won by 77 runs
विराटनगर किंग्स 2025
78/10 (14.1)
Shares

आहा ! थकाली खाना

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख ३ गते ९:०१

फापरको ढिंडो वा मसिनो चामलको भात, च्याङ्ग्राको सुकुटी, गुन्द्रुकको अचार, जिम्बुले झानेको कालो दाल, गोलभेडा र टिमुरको अचार, साग, मौसमी तरकारी, घिउ र मोही । त्यसमाथि चरेसको थाल र कचौरामा पस्किएको, तात्तातो ।

यति भन्नसाथ तपाईंको मुखमा पानी आउनसक्छ । दिनमा दुई छाक भात चाहिने हामीलाई भातकै यो विशिष्ठ थालीले कसो नलोभ्याउला ?

यो हो, थकाली खाना ।

शहरका साना होटलदेखि पाँचतारे होटलसम्मको मेनुमा पाउनुहुनेछ यो खाना । यो रैथाने स्वाद अहिले पृथ्वीको अर्को गोलार्द्धमा पनि उपलब्ध हुन थालेको छ । नेपाली मुलका बसोबास जहाँ-जहाँ छ, त्यहाँ थकाली खाना त छ नै ।

थकाली खाना एक ब्रान्ड हो, नेपाली स्वादलाई चिनाउने । तिख्खर लेकाली स्वाद । एक पटक खाएर धीत नमर्ने ।

यो खान्की अब थकाली समुदायमा मात्र सीमित रहेन । अरु समुदायमा पनि यो उत्तिकै लोकपि्रय छ । त्यही कारण त शहरमा थकाली खाना जो बिकेको छ । टिकेको छ ।

सन्तुलित परिकार

केही समयअघि प्रधानमन्त्री केपी शर्मा ओलीले एक प्रसंगमा भनेका थिए, ‘हाम्रो मूख्य खाना दाल, भात, तरकारी भनेको औषधी पनि हो । सबैभन्दा ठूलो औषधी त दाल भात तरकारी हो, जो खाएपछि अरु औषधी खानै पर्दैन ।’

जान्नेहरु पनि त्यही भन्छन्, समग्रमा हामीले खाना औषधी हो । तर, कस्तो खाने, के खाने र कति खाने भन्ने कुरा जान्नुपर्छ । शरीरलाई आवश्यक पोषणको सम्पूर्ण स्रोत नै दाल-भात-तरकारी हो । अतः दाल-भातको यो थालीमा समृद्ध मानिन्छ, थकाली खाना ।

पिरो, अमिलो, टर्रो, नुनिलो, गुलियो सबै समावेश हुन्छ थकाली खानामा । घिउ, मोही, दाल, मासु, सागपात । यस्तो खान्कीले जिब्रोको स्वाद मात्र मेट्दैन्, पेटको भोक मात्र मेट्दैन, शरीरलाई आवश्यक पोषण पनि दिन्छ ।

केही बर्षअघि गरिएको एक सर्वेक्षणले दक्षिण एसियाली मुलुकमध्ये नेपाली खाना स्वस्थ्यकर मानेको थियो । अन्तर्राष्ट्रिय गैरसरकारी संस्था अस्फामाले खानपानको स्वच्छता र पर्याप्तताको विषयमा गरेको सर्वेक्षणले नेपालको खाना स्वस्थ्यकर र सन्तुलित रहेको तथ्य सार्वजनिक गरेको थियो ।

थकाली : एक ब्रान्ड

नेपाली खाना कस्तो हुन्छ ? कुनै आगन्तुकले सोधेमा तपाईं सगर्व भन्नुहुन्छ, थकाली खाना । त्यसो त हाम्रो रैथाने खाना ढिंडो र गुन्द्रुक पनि छ । भूगोल र समुदाय अनुसार अनेकथरी परिकार छन् । यद्यपी बजारमा सर्बाधिक माग छ, थकाली खानाको ।

खासमा यो थकाली समुदायको खाना हो । उनीहरुको यो खाना अहिले बेग्लै ब्रान्डको रुपमा स्थापित भएको छ । शहरका होटलहरुले पस्कने खान्कीमा अक्सर थकाली खाना छुट्दैन ।

केही समयअघि सार्वजनिक तथ्यांक अनुसार राजधानीमा ६३ हजार प्लेट थकाली खाना दिनहुँ बिक्री हुन्छ । किंग्स कलेजले गरेको प्रारम्भिक अध्ययनबाट उक्त नतिजा सार्वजनिक भएको हो । राजधानीमा मात्र थकाली खाना पस्कने करिब ४ सय थकाली भोजनालय रहेको पनि उक्त अध्ययनले देखाएको छ ।

सामान्यतः एक छाक खानाको २ सय रुपैयाँदेखि एक हजारसम्म पर्छ । थकाली खानाको गुणवत्ता, स्वाद र मात्रा सबैतिर एकरुपता भने छैन ।

थकाली खाना कहाँबाट आयो ?

थकाली खानाको थकाली जातिको आफ्नो मौलिक खान हो । थकाली एक समृद्ध जाति मानिन्छ । एक जानकारी अनुसार थकालीहरुको मूलथलो थाक सातसय क्षेत्र हो, जुन क्षेत्र अहिले मुस्ताङको दक्षिणतर्फ पर्छ । थाक खोला क्षेत्रलाई पितृथलो मान्ने जाति भएकाले उनीहरुलाई थकाली भनिएको पाइन्छ ।

थकाली समुदायबारे लेखिएको एक लेखमा उल्लेख गरिएको छ, ‘थाक सातसय जस्तो भौगोलिक विकटता रहेको ठाउँमा पनि यिनीहरुले सामान्य प्रचलित खानाका अलाव अन्य मीठो खानाका लागि थुप्रै उत्कृष्ट खानाको विश्वास गरे ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?