Comments Add Comment

बर्डफ्लुः किन हामी लापरवाही गर्दैछौ ?

केही समययता लगातार जस्तो छाइरहेका समाचारका हेडलाइन हुन् यी । ‘बर्डफ्लु’ हाम्रो लागि नौलो शब्दावली होइन । यसले केही बर्षअघि नै समाजलाई थर्कमान बनाइसकेको छ । तर, विगतमा बर्डफ्लुले जनमानसमा जुन आतंक मच्यायो, अहिले त्यस्तो देखिदैन । धमाधम बर्डफ्लु भेटिएको र काग समेत मरेको खबर आइरहँदा पनि यसतर्फ सर्वधारणको ध्यान त्यती तानिएको पाइदैन ।

के त्यसो भए अब ‘बर्डफ्लु’बाट हामीले डराउनुपर्ने अवस्था छैन ? के यसले हामीलाई अब कुनै किसिमको हानी गर्नेवाला छैन ?

बर्डफ्लु के हो ?

बर्डफ्लु नामबाटै भेउ पाउन सकिन्छ कि, यो चराहरुमा हुने संक्रमण हो । कुखुरा एवं पंक्षीहरुको संक्रमित रोग हो यो । बर्डफ्लु एभियन इन्फ्लुएन्जा भाइरसको छोटकरी रुप हो ।

तर, यो संक्रमण चराहरुमा मात्र सीमित रहँदैन । मान्छेमा समेत फैलन सक्छ । कुखुराको मासु, प्वाँख, सिंगान, र्‍याल, दाना, अन्डा, अन्डा राख्ने क्रेट आदिबाट सर्न सक्छ ।

बर्डफ्लु यस्तो संक्रमण हो, जसले मृत्यु समेत हुनसक्छ । खासगरी बर्डफ्लु एच फाइभ एन वान नामक सूक्ष्म भाइरसको संक्रमण प्राणघातक हुन्छ । अति नै छिटो सर्ने यस्तो भाइरस १ सय ४४ प्रकारका हुन्छन् ।

१० करोडको मृत्यु

कुनैबेला बर्डफ्लुले ५ देखि १० करोड व्यक्तिको मृत्यु भएको थियो । मानव स्वास्थ्यकै लागि यो एक खतराको घण्टी थियो ।

सन् १९१८/१९१९ मा फैलिएको यस इन्फ्लुएन्जाबाट करोडौंको ज्यान गएको थियो । त्यसबेला यसलाई स्पेनिश फ्लु भनिन्थ्यो । पछि एशियाई फ्लुको नामकरण गरियो । सन् १९६८ मा यही संक्रमणलाई हङकङ फ्लुको नामले चिनियो, जसले दश लाख जनाको ज्यान लियो ।

कति घातक ?

कुखुरा वा चराचुरुंगीबाट फैलने यसको भाइरसले मान्छेलाई पनि संक्रमण गर्न सक्छ । यसरी मान्छेमा यसको संक्रमण फैलिएमा त्यो निकै घातक हुनसक्छ ।

खासगरी एच फाइभ, एन वान नामकरण गरिएको भाइरस निकै खतरनाक हुन्छ । यसको जटिलता के हुन्छ भने, यो निकै तिब्र गतिमा फैलिने संक्रमण हो । बर्डफ्लु बिरुद्धको उपचर एवं खोप अहिलेसम्म विकास नभएकाले पनि यसलाई निकै जटिल रोग मान्ने गरिन्छ । त्यसैले रोग लाग्नुअघि नै आवश्यक सर्तकता अपनाउनुपर्ने हुन्छ । यत्तिका खतरनाक हुँदा हुँदै पनि अहिले हामीकहाँ बर्डफ्लुप्रति त्यती धेरै सर्तकता अपनाएको भने पाइदैन ।

कसरी अपनाउने सतर्कता ?

हामीकहाँ व्यवसायिक रुपले कुखुरा पालन गरिन्छ । त्यहीबाट यो रोगको संक्रमण फैलने सबैभन्दा बढी भय हुन्छ । त्यसैले यस्ता कुखुराको सम्पर्कमा रहने व्यक्तिले निकै सर्तकता अपनाउनु पर्छ ।

उनीहरुले संक्रमित कुखुरा, दिसा, अन्डा, रगत, दाना, केहीपनि छुन हुँदैन ।

त्यसो त कुखुराको रेखदेख गर्नेले मात्र होइन, यसको उपभोग गर्नेले पनि सर्तक रहनुपर्छ । संभव भएसम्म त कुखुरा वा यसको अन्डा नखाएकै वेश । यदि खानै परेमा पनि राम्ररी पकाएर मात्र खानुपर्छ । ७० डिग्री भन्दा माथिको तापमानमा पकाएपछि बर्डफ्लुको भाइरस मर्ने विज्ञहरुले बताउँदै आएका छन् ।

१. संक्रमित कुखुराको सम्पर्कमा नजाने ।

२. राम्ररी हातधुने । संक्रमित कुखुराको सम्पर्कमा गएपछि राम्ररी साबुन पानीले हात धुनुपर्छ ।

३. कुखुराको मासु सकेसम्म नखाएकै राम्रो । खानु परेमा पनि राम्ररी पकाएर खानुपर्छ । अर्थात धेरैबेर उच्च तापमानमा पकाएर खानुपर्छ ।

४. पोल्ट्रीर्फममा गएको बेला माक्स लगाउनैपर्छ ।

५. आसपासमा चराहरु मरेको भेटिएमा बर्डफ्लुको कारण हुनसक्छ । त्यसैले सर्तक हुनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment