
बैशाखको २७ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘पसिना’को ट्रेलर सार्वजनिक भएको छ । काठमाण्डौमा आयोजना गरिएको पत्रकार सम्मेलनमा कर्म गर्नुपर्छ भन्ने कथामा बनेको चलचित्रको ट्रेलर रिलिज गरिएको हो ।
यो चलचित्रको ट्रेलरमा नायक गौरव पहारी, नायिका अनु शाहको साथमा कलाकारहरु सरोज खनाल, रवि गिरी लगायतलाई देख्न सकिन्छ । यो चलचित्रले मजदुरको कथालाई देखाउन खोजेको छ ।
आर.बी खत्री शरदको लेखन, निर्माण तथा निर्देशनमा तयार भएको चलचित्रमा शान्ता ढकालको लगानी छ । संजय महत्तो चलचित्रका कार्यकारी निर्माता हुन् । चलचित्रमा नविन निरौला र भरत रेग्मीको सम्पादन, राम केसीको छायांकन, आशिश र शरदको पटकथा तथा संवाद छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4