Comments Add Comment

नियन्त्रणमै छ मूल्यवृद्धि

५ वैशाख, काठमाडौं । यो वर्ष नेपालमा मुल्यवृद्धि दरको नियन्त्रण मै छ । गत फागुन महिनामा वाषिर्क विन्दुगत उपभोक्ता मूल्यवृद्धि ४.२ प्रतिशत रह्यो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मूल्यवृद्धि दर ६.० प्रतिशत रहेको थियो ।

फागुनामा खाद्य तथा पेय पदार्थ मुद्रास्फीति फागुन महिनामा खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि दर २.२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यो समूहको मुद्रास्फीति ५.६ प्रतिशत रहेको थियो ।

नेपाल राष्ट्र बैंकका अनुसार यो अवधिमा गैर-खाद्य तथा सेवा समूहको मूल्यवृद्धि दर ५.८ प्रतिशत छ । अघिल्लो वर्षको सोही अवधिमा यसको मुद्रास्फीति ६.३ प्रतिशत रहेको थियो ।

फागुन महिनामा उपभोक्ता मुद्रास्फीति हिमालमा ५.५ प्रतिशत, पहाडमा ४.६ प्रतिशत, काठमाडौं उपत्यकामा ४.६ प्रतिशत र तराईमा ३.६ प्रतिशत रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति क्रमशः ६.० प्रतिशत, ५.६ प्रतिशत, ४.५ प्रतिशत र ६.३ प्रतिशत रहेको थियो ।

नेपाल र भारतको उपभोक्ता मुद्रास्फीति २०७५ फागुन महिनामा नेपालको वाषिर्क बिन्दुगत उपभोक्ता मूल्यवृद्धि दर ४.२ प्रतिशत र भारतको २.९ प्रतिशत रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा नेपालको मुद्रास्फीति ६.० प्रतिशत र भारतको ४.३ प्रतिशत रहेको थियो ।

थोक मुद्रास्फीति २०७५ फागुन महिनामा वाषिर्क बिन्दुगत थोक मूल्यवृद्धि दर ५.० प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा मूल्यवृद्धि दर २.३ प्रतिशत रहेको थियो ।

पेट्रोलियम पदार्थ, तयारी पोशाक, यातायात तथा उपकरण र पार्टसलगायतका वस्तुहरूको मूल्यमा भएको वृद्धिले थोक मूल्यवृद्धि दर बढ्न गएको हो ।

विदेशी विनिमय सञ्चिति कमजोर

यसैबीच कुल विदेशी विनिमय सञ्चिति भने सन्तोषजनक छैन । गत असार मसान्तमा ११०२ अर्ब ५९ करोड रहेकोमा फागुन मसान्तमा १०६१ अर्ब ७१ करोड कायम भएको छ ।

अमेरिकी डलरमा यस्तो सञ्चिति गत असार मसान्तमा १० अर्ब ८ करोड रहेकोमा २०७५ फागुन मसान्तमा ९ अर्ब ५७ करोड रहेको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति असार मसान्तमा ९८९ अर्ब ४० करोड रहेकोमा फागुन मसान्तमा ९१४ अर्ब ४२ करोड रहेको छ ।

बैंक तथा वित्तीय संस्थाहरू (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति असार मसान्तमा ११३ अर्ब १९ करोड रहेकोमा २०७५ फागुन मसान्तमा १४७ अर्ब २९ करोड पुगेको छ ।

फागुन मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४.१ प्रतिशत रहेको छ । सञ्चिति पर्याप्तता सूचकहरू आर्थिक वर्ष २०७५/७६ को आठ महिनाको आयातलाई आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले ९.१ महिनाको वस्तु आयात र ७.९ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

समीक्षा अवधिमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ३५.३ प्रतिशत, ६६.१ प्रतिशत र ३१.६ प्रतिशत रहेका छन् । असार मसान्तमा यी अनुपातहरू क्रमशः ३६.७ प्रतिशत, ७८.६ प्रतिशत र ३५.६ प्रतिशत रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment