Comments Add Comment

आठौं राष्ट्रिय खेलकुद : भलिबलमा गण्डकी र प्रदेश ५ को विजयी सुरुआत

५ वैशाख, बाँके । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष भलिबलतर्फ गण्डकी र प्रदेश ५ ले विजयी सुरुआत गरेका छन् ।

बाँकेको खजुरास्थित शुक्र भलिबल स्टेडियममा बिहीबार समूह ‘ए’ को खेलमा गण्डकी प्रदेशले प्रदेश २ लाई पराजित गरेको हो । प्रदेश २ ले १७-२५, २५-१९, १७-२५ र १४ -२५ को सेटमा हार ब्यहोरेको हो ।

पुरुषतर्फकै समूह ‘बी’ को खेलमा प्रदेश ५ ले प्रदेश १ लाई पराजित गरेको छ । प्रदेश ५ ले प्रदेश १ लाई २८-२६, २५-१४ र २५-२२ को सोझो सेटमा पराजित गरेको हो ।

त्यस्तै, महिलातर्फको समूह ‘बी’ को खेलमा विभागीय टिम आर्मी क्लबले प्रदेश २ लाई सोझो सेटमा पराजित गरेको छ । आर्मीले प्रदेश दुईलाई २५-२, २५-५ र २५-७ को सेटमा पराजित गरेको हो ।

त्यस्तै, महिलातर्फकै समूह ‘ए’ को खेलमा प्रदेश ५ ले प्रदेश १ लाई २५-१५ २५-१८ र २५-२१ को सेटमा पराजित गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment