+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

प्रेस काउन्सिलले लापरबाही गर्ने कर्मचारीमाथि कारबाही थाल्यो

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख ५ गते २०:२४

५ वैशाख, काठमाडौं । प्रेस काउन्सिलको लापरबाहीले पोखराका पत्रकार अर्जुन गिरी अनाहकमा प्रहरी नियन्त्रणमा पुगेको भन्दै आलोचना भएपछि त्रुटि गर्ने कर्मचारीप्रति कारबाही प्रक्रिया थालिएको छ ।

बिहीबार अपरान्ह काउन्सिलका मुख्य अधिकृत झविन्द्र भुसालले प्रेस विज्ञप्ति जारी गर्दै त्रुटिपूर्ण कार्यमा संलग्न कर्मचारीलाई तत्कालै स्पष्टिकरण सोधिएको जनाएका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘टान्डव न्यूज डटकम काउन्सिलमा सूचीकरण भए/नभएको बारेमा विपेन्द्रराज बतासले जानकारी माग गरी निवेदन दिएकोमा सोको जानकारी दिँदा सूचीकरणको लागि प्राप्त निवेदनका आधारमा एकीकृत अभिलेखसिट तयार गर्दा कम्प्युटर टाइपमा त्रुटि भइ www.tandavnews.com  हुनुपर्नेमा www.tandannews.com भएकोले फेला नपरेको कारण सूचीकरणका लागि प्राप्त नभएको भनी पत्राचार भएको हो ।’

भुसालले त्रुटिमा संलग्न कर्मचारीमाथि स्पष्टिकरण सोध्दै कारबाही प्रक्रिया थालिएको उल्लेख गरेका छन् । तर, कर्मचारीबारे भने केही उल्लेख गरिएको छैन ।

वतासको निवेदनको जवाफ दिइएको पत्रमा भने अनुगमन अधिकृत सुरेन्द्र मल्लको हस्ताक्षर थियो ।

विज्ञप्तिमा भुसालले काउन्सिल पत्रकारलाई थुनाउने र दुःख दिने पक्षमा नरहेको पनि बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?