Comments Add Comment

आठौं राष्ट्रिय खेलकुदमा चन्द्रकलाको कीर्तिमान

५ वैशाख, नेपालगञ्ज । आठौं राष्ट्रिय खेलकुदअन्तर्गत सटपुटमा नेपाल पुलिसकी चन्द्रकला लामगादेले राष्ट्रिय कीर्तिमान बनाउँदै स्वर्ण पदक जितेकी छिन् ।

उनले १२.०४ मिटरका साथ स्वर्ण पदक जित्दै नयाँ रकेर्ड बनाइन् । उनले इटहरीमा भएको राखेप च्याम्पियनसिपमा आफैंले बनाएको ११ मिटर ५६ सेन्टिमिटरको कीर्तिमानमा सुधार गरेकी हुन् ।

यसैगरी प्रदेश पाँचकी संगीता अधिकारी १० मिटर १५ सेन्टिमिटरका साथ रजत पदक जित्न सफल भइन् । नेपाल पुलिसकी बसन्ती चौधरीले १० मिटर ०५ सेन्टिमिटरका साथ कास्य पदक जितिन् ।

सटपुटतर्फ पुरुषमा आर्मीका टंकप्रसाद दाहालले स्वर्ण पदक जितेका छन् । उनले १२ मिटर १९ सेन्टिमिटरका साथ स्वर्ण पदक जित्दा १२ मिटर ०४ सेन्टिमिटरका साथ नेपाल पुलिसका पुष्कल शर्माले रजत पदक जिते । आर्मीकै चित्रबहादुर वलीले ११ मिटर ८५ सेन्टिमिटरका साथ कास्य पदक जितेका छन् ।

१० हजार मिटर महिला प्रतिस्पर्धामा नेपाल आर्मीकी विश्वरुपा बुढाले स्वर्ण पदक जित्न सफल भइन् । दोस्रो स्थानमा रहेकी नेपाल पुलिसकी राजपुरा पछाईसँग समय भने समान थियो । विश्वरुपाको टाइमिङ ३७ मिनेट ३० दशमलब ९ सेकेण्ड रहेको थियो । यस्तै प्रदेश तीन की सन्तोषी श्रेष्ठ ३७ मिनेट ५० दशमलब ६ सेकेण्डका साथ कास्य पदक जितिन् ।

१० हजार मिटर पुरुष दौडमा कणर्ाली प्रदेशका दुर्गा बुढाले स्वर्ण पदक जितेका छन् । उनले ३१ मिनेट ०३ दशमलब १ सेकेण्डमा दूरी पुरा गरेका छन् ।

गण्डकी प्रदेशका अनिष थापाले ३१ मिनेट ९ दशमलब ८ सेकेण्डका साथ रजत पदक जित्दा एपीएफका गोपीचन्द्र पार्कीले ३१ मिनेट ५८ दशमलब ३ सेकेण्डका साथ कास्य पदक जिते ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment