
६ वैशाख, काठमाडौं । नेपाली सेनाले संसारकै सर्वोच्च शिखर सगरमाथा क्षेत्रको सरसफाइ थालेको छ । आइतबारदेखि सेनाले सगरमाथा क्षेत्रको सरसफाइ थालेको हो ।
नेपाली सेनाको जंगी अड्डाका प्रवक्ता विज्ञानदेव पाण्डेले अनलाइनखबरलाई दिएको जानकारी अनुसार अभियान अन्तरगत प्रारम्भिक चरण लुक्ला क्षेत्रमा सरसफाइ गरिएको छ ।
‘हाम्रो टोलीले बेस क्याम्प हुँदै क्याम्प ४ सम्म सरसफाई गर्ने कार्ययोजना छ’, सहायक रथी पाण्डेले भने, ‘नाम्चेमा रहेको ब्यारेकबाट सरसफाइमा टोली खटिएको छ । अन्य थप मद्दतका लागि विभिन्न स्थानबाट कर्मचारीको व्यवस्थापन गरिएको छ ।’
विभिन्न सरकारी तथा गैरसरकारी संघ सस्थासँगको संयुक्त प्रयासमा अभियान थालिएको उनको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4