Comments Add Comment

टोटनहृयामलाई हराउँदै सिटी शीर्ष स्थानमा उक्लियो

काठमाडौं । टोटनहृयाममाथि संघर्षपूर्ण जित हात पार्दै म्यानचेष्टर सिटी पि्रमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ ।

टोटनहृयामले च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै घर पठाएको केही दिनपछि सिटीले उसलाई १-० ले हराएको हो । इत्तेहाद स्टेडियममा भएको खेलमा घरेलु टोलीले पाँचौं मिनेटमा नै १८ वर्षका फिल फोडिनको गोलबाट अग्रता लिएको थियो ।

च्याम्पियन्स लिगको निकै प्रतिस्पर्धात्मक खेलमा सिटी ४-३ ले ले विजयी भएको थियो तर, अवे गोलका आधारमा टोटनहृयाम सेमिफाइनलमा पुग्यो । शनिबारको खेल भने त्यस्तो रहेन ।

भ्रमणकारी टोलीमाथि म्यानचेष्टर सिटी हावी भयो । यद्यपि सिटीका गोलरक्षक इडर्सनले सन हेङ मिन, क्रिस्टियन इरिक्सन र लुकास मौराको प्रहारमा उत्कृष्ट बचाउ गरेका थिए ।

जितमा चार खेल बाँकी रहँदा सिटीको ८६ अंक छ भने दोस्रो स्थानमा रहेको लिभरपुलको ८५ अंक छ । तेस्रो स्थानमा रहेको टोटनहृयाजको समान खेलबाट ६७ अंक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment