
चलचित्र ‘उरी’बाट एकाएक बलिउडमा चम्किएका नायक विक्की कौशल अहिले एक हरर चलचित्रको छायांकनमा व्यस्त छन् । भानु प्रताप सिंहको निर्देशनमा बनिरहेको चलचित्रको छायांकनको क्रममा उनी घाइते भएका छन् । विक्की चलचित्रमा एक्सनको दृश्य गरिरहेका थिए । सो समयमा उनको टाउकोमाथि ढोका खसेको हो ।
टाउकोमा ढोका खस्दा उनी गम्भिर घाइते भएका छन् । उनको टाउकोमा १३ वटा टाका लगाइएको भारतीय मिडियाले उल्लेख गरेका छन् । यो चलचित्रमा विक्कीको साथमा नायिका भूमी पेडनेकरको मुख्य भूमिका छ । यो चलचित्रको पहिलो सेड्यूलको छायांकन मुम्बइमा सकिएको छ । अहिले चलचित्रको छायांकन गुजरातमा भैरहेको छ ।
विक्की चलचित्र ‘सञ्जु र उरी’को सफततापछि बलिउडमा अहिले सर्वाधिक माग भएको कलाकारको रुपमा चिनिन्छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4