+

क्रिष्टल प्यालेससँग हार्‍यो आर्सनल

२०७६ वैशाख  ९ गते ८:२० २०७६ वैशाख ९ गते ८:२०
क्रिष्टल प्यालेससँग हार्‍यो आर्सनल

९ वैशाख, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले क्रिष्टल प्यालेससँग हार व्यहोरेको छ । क्रिष्टल प्यालेसले आर्सनललाई उसकै मैदानमा ३–२ ले स्तब्ध बनायो ।

क्रिष्टलले १७ औं मिनेटमा क्रिष्टियन बेन्टको गोलबाट अग्रता लिएको थियो । ४७ औं मिनेटमा मेसुट ओजिलले गोल गर्दै खेललाई बराबरीमा फर्काए । तर यो बराबरी १४ मिनेटमै तोडियो । किनभने ६१ औं मिनेटमा विल्फर्टको गोलबाट क्रिष्टलले २–१ को अग्रता लियो । ६९ औं मिनेटमा जेम्स म्याकअर्थरले अर्को एक गोल थपेपछि खेल ३–१ को स्थितिमा पुग्यो ।

आर्सनलका लागि ७७ औं मिनेटमा पिएरे एमरिकले गोल गरेर खेललाई ३–२ को अवस्थामा पुर्‍याए । त्यसपछि दुवै तर्फबाट गोल हुन सकेन र आर्सनललाई क्रिष्टल प्यालेसले ३–२ ले हराउन सफल भयो ।

यो जितसँगै क्रिष्टल प्यालेस १२ औं स्थानमा उक्लिएको छ । आर्सनल ६६ अंकसहित चौथो स्थानमा छ । समान ६६ अंक रहेको चेल्सी पाँचौ स्थानमा छ । लिभरपुल ८८ अंकसहित पहिलो स्थानमा छ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय