Comments Add Comment

एभर्टनसँग म्यानचेस्टर युनाइटेडको लज्जास्पद हार

९ वैशाख, काठमाडौं । म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनसँग लज्जास्पद हार व्यहोरेको छ । आइतबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेड एभर्टनसँग ४–० ले पराजित भएको हो ।

एभर्टनको जितमा रिचार्लिसन, सिगुडसन, लुकास र थियो वालकोटले गोल गरे । एभर्टनले १३ औं मिनेटमै गोलको खाता खोलेको थियो ।

३४ खेलबाट ६४ अंक जोडेको म्यानचेष्टर युनाइटेड अंक तालिकाको छैटौं स्थानमा छ । सातौं स्थानमा रहेको एभर्टनले ३५ खेलबाट ४९ अंक बटुलेको छ । लिभरपुल ८८ अंकसहित शीर्ष स्थानमा छ ।

आइतबार राति नै भएको खेलमा आर्सनल क्रिष्टल प्यालेससँग ३–२ ले पराजित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment