Comments Add Comment

कन्फर्मः ‘सुर्यवंशी’मा अक्षयको जोडी कट्रिना

रोहित सेट्टीको निर्देशनमा बन्न लागेको नयाँ चलचित्र ‘सुर्यवंशी’मा नायक अक्षय कुमारको जोडी को रहने भन्ने विषयमा धेरै बहस भइसकेको छ । भारतीय मिडियाले पनि विभिन्न नायिकाहरुको नाम जोडेर खबर बनाइरहेका छन् ।

तर, अब खेलाडी कुमार अक्षयसँग रोमान्स गर्न नायिका कट्रिना कैफ तयार भएकी छिन् । अक्षय कुमारले आफ्नो ट्विटरमा कट्रिनालाई आफ्नो टिममा स्वागत पनि गरेका छन् । एक्सन जनरामा निर्माण हुने यो चलचित्रमा अक्षय कुमार प्रहरीको भूमिकामा प्रस्तुत हुनेछन् भने कट्रिनाले उनको प्रेमिकाको भूमिका निर्वाह गर्नेछिन् ।

९ वर्षपछि अक्षय र कट्रिनाले एकसाथ काम गर्न लागेका हुन् । उनीहरुको जोडीलाई रुचाउने दर्शकको लागि यो खुसीको खबर हुन सक्छ । उनीहरुले यो अघि ‘हमको दिवाना कर गया, नमस्ते लण्डन, तीस मार खान, दे दना दन, सिङ इज किङ’ लगायतका चलचित्रमा सहकार्य गरिसकेका छन् ।

‘धर्मा प्रोडक्सन’को व्यानरमा निर्माण हुने यो चलचित्रमा करण जोहरको लगानी रहने छ । चलचित्रको मार्च भित्र नै आफ्नो सुटिङ सुरु गर्ने बुझिएको छ । चलचित्रले सन् २०२० को इदलाई आफ्नो रिलिज मिति तय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment