Comments Add Comment

प्रदेशसभा ३ को बैठक वैशाख ३०

११ वैशाख, हेटौँडा । प्रदेश नं ३ प्रमुख अनुराधा कोइरालाले प्रदेशसभाको चौथो अधिवेशन बैठक यही वैशाख ३० गते सोमबार दिनको १ बजे बस्ने गरी आह्वान गरेकी छन् । \

नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिमको अधिकार प्रयोग गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले सिफारिस गरी पठाएअनुसार उनले बैठक आह्वान गरेकी हुन् । प्रदेशसभाको तेस्रो बैठक गत १० गते राति १२ बजे अन्त्य गरिएको थियो ।

कार्यवाहक मुख्यमन्त्रीमा जम्कट्टेल

प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेल राष्ट्रपति विद्यादेवी भण्डारीको भ्रमण टोलीमा बुधबार चीनतर्फ प्रस्थान गरेकाले कार्यवाहक मुख्यमन्त्रीको जिम्मा आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्कट्टेलले पाएका छन् ।

जम्कट्टेलले कार्यवाहक मुख्यमन्त्री मुख्यमन्त्रीले सम्हालेको भौतिक योजना तथा पूर्वाधारमन्त्रीको जिम्मेवारी समेत पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment