Comments Add Comment

चियापसलमा बस ठोक्किँदा सप्तरीमा १ जनाको मृत्यु, ८ घाइते

अन्य छुट्टाछुट्टै दुर्घटनामा थप २ को मृत्यु

१४ वैशाख, सप्तरी । सप्तरीमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको ज्यान गएको छ । आठ जना घाइते भएका छन् ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत कञ्चनरुप नगरपालिका–९, स्थित सडक खण्डमा ट्रकलाई ठक्कर दिएर चिया पसलभित्र बस पस्दा १ जनाको घटनास्थलमै मृत्यु भएको छ । बसको ठक्करबाट चिया पिउन आएका कञ्चनरुप नगरपालिका ८ का ६० वर्षीय देवनारायण महताको घट्नास्थलमै ज्यान गएको हो ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को.१.ख.४१२३ नम्बरको ट्रकलाई काठमाडौबाट काकडभिट्टातर्फ जाँदै गरेको ना.५.ख.७९३७ नम्बरको बसले पछाडिबाट ठक्कर दिँदै चिया पसल भत्काइदिएको सप्तरी प्रहरीले जनाएको छ । घटनामा २ जना गम्भीर घाइते भएका छन् । चिया पसलका सञ्चालक कञ्चनरुप–९ का ७० वर्षीय असर्फी मण्डल र चिया पसलका ग्राहक सोही स्थानका ४५ वर्षीय सुनरलाल महता गम्भीर घाइते भएका हुन् । उनीहरुलाई उपचारका लागि विराटनगर पठाइएको प्रहरीले जनाएको छ ।

यस्तै बसमा सबार मोरङ केराबारी गाउँपालिका ५ बस्ने ३४ वर्षीय कुलबहादुर महत, पाचँथरको मिक्लाजुङ गाउँपालिका ५ बस्ने ४५ वर्षीय पूर्णबहादुर लावती, बाराको अमलेखगंज २१ बस्ने ३७ वर्षीय शान्ति खड्का, उनका ४ वर्षीय छोरा सम्पूर्ण खड्का, सोही ठाउँका २१ वर्षीय लक्ष्मी गिरी र उनको ७ वर्षीया छोरी आयुषा घाइते भएका छन् । उनीहरुको स्थानीय क्लिनिकमा उपचार भइरहेको छ ।

यस्तै, पूर्व पश्चिम रमाजमर्गकै हनुमाननगर कंकालनी नगरपालिका ३ पोर्ताहास्थित सडक खण्डमा विंगरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ ।

पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको को १ ज ३५६२ नम्बरको विंगरले सोही दिशातर्फ जादै गरेको को १५ प ५५४५ नं. को मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा मोटरसाइकल चालक शंकर पघैयाको मृत्यु भएको हो । उनी हनुमाननगर कंकालनी ना.पा–३, पोर्ताहका हुन् ।

त्यस्तै, पूर्व–पश्चिम राजमार्गकै खड्क नगरपालिका ७ स्थित पूर्व–पश्चिम राजमार्गमा मोटरसाइकलले दिएको ठक्करबाट एक जना पैदलयात्रीको ज्यान गएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको स ५ प ४२४० नंम्बरको को मोटरसाइलले दिएको ठक्करबाट पैदल यात्री खडग नपा–९ निवासी ७० वर्षीय छुतहरु दासको मृत्यु भएको छ । घाइते भएका उनको स्थानीय क्लिनिकमा प्राथमिक उपचार गराइ थप उपचारका लागि धरान लग्ने क्रममा बाटोमै मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।

ठक्कर दिने सबै सबारीसाधनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय, राजविराजले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment