+
+
Shares

एउटै जग्गा १५ जनालाई देखाएर ठगी, संलग्न महिला प्रहरी नियन्त्रणमा

रासस रासस
२०७६ वैशाख १४ गते ११:३३

१४ वैशाख, वालिङ । एउटै जग्गा १५ जनालाई देखाएर ठगी गरेको आरोपमा प्रहरीले १ महिलालाई पक्राउ गरेको छ ।

प्रहरीले पुतलीबजार नगरपालिका बस्ने सुनीता थापालाई ३३ लाख ठगीको आरोपमा पक्रेको हो ।

थापाले पुतलीबजार नगरपालिका–३, आम्बोटमा बाटोले छोएको मूल्यवान घरसहितको जग्गा देखाएर विभिन्न १५ व्यक्तिलाई ठगेको उजुरी परेपछि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

थापासँगै उनका श्रीमान् हुमबहादुर थापालाई पनि कारवाही गर्न पीडितहरुले माग गरेका छन् । तर, उनी भने पक्राउ परेका छैनन् ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता नवीनकृष्ण भण्डारीले जिल्ला अदालतबाट थप सात दिन म्याद थपी थापालाई अनुसन्धान गरिरहेको बताए ।

 

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?