Comments Add Comment

अन्तरयात्राभित्रको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान

अवकाशपछिका दिनहरु सम्झँदा म चकित हुन्छु । सायद, यसबारे मैले पहिले कहिल्यै सोचिनछु । यदि सोचेको भएपनि लाग्थ्यो होला ती दिनहरु रिक्त हुन्छन्, त्यति नै निराशापूर्ण पनि । तर जब मैले सरकारी सेवावाट अवकाश पाएँ, तत्पश्चातका वर्ष दिन भरिपूर्ण पाएँ र त्यतिकै अर्थपूर्ण पनि । अनि मैले आँफू हुनुको अर्थ यिनै दिनहरुमा खोजेँ ।

त्यसैले त होला म कर्णाली प्रदेशको जुम्ला पुगे । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्राध्यापकको जिम्मेवारी लिइरहँदा, त्यसैमा मैले मेरो हुनुको अर्थ पाएर जीवन पनि लयमय भयो । सम्भभत अब आँउदा दिनहरुका लागि । जहाँ लय छ त्यहाअर्थ छ, जहाँ अर्थ छ त्यहाँ जिवन्तजीवन छ ।

त्यक्तिकै जिवन्त छ यो नेपालगन्ज विमानस्थल । पुषको चिसो दिनमा, यहि विमानस्थलमा जुम्ला जाने जहाजको प्रतिक्षामा छु, दिननिकै घर्किसक्यो जहाजको अक्तोपक्तो छैन । यस्ता वाध्यात्मक पर्खाईहरु कष्टकर हुन्छन् र त्यतिकै अरुचिकर पनि । यस्तैमा एकाएक जुम्ला जुम्लाको चर्कोआवाजमा झस्किए, विमानजुम्ला उडन तयार भइसकेछ ।

दसजना यात्रु वोकेको विमान वरिपरीका सेता पहाडहरुलाई केहीतल छोडी, त्यतिकै र त्यस्तै सेता घना वादलभित्र विलिन भयो । कतै यी दुवैको मिल्दोजुल्दो स्वरुप आँफैमा भ्रामक त हुने होइन ? जसैजसै घना वादलभित्र विमान कावा खेल्यो, त्यसैत्यसै म भित्रको मुटु पनि । अव भगवानलाई सम्झनु वाहेक केही रहेन । जव मानिस दुर्वल हुन्छ, तव उ भगवानलाई प्रवल मान्छ । यो मानव स्वभावै हो ।

अन्ततः जहाज सकुशल जुम्लाअवतरण गर्यो ।

त्यतिवेला दिनको ३ वजिसकेको थियो । तापक्रम माइनस ९ डिग्री रहेछ । केहीदिनको लगातार हिमपातले वरपरको सम्पूर्ण वातावरण सेताम्मै भएछ । अपूर्व सौन्दर्य, खै के सँग तुलना गरौ र ! डेढ दशक अघि पहिलोपटक वेलायतमा यस्तै दृश्य देखेकी थिँए । यो हिमश्रृंखला सूर्यको लालिमाले मनमोहक देखिरहँदा त्यो हिमश्रृंखला सुस्क हावाको चपेटाले कठोर वनेको । यही त हो प्रकृतीको चमत्कार ।उ हि वस्तु अत्यन्तै मनमोहक भइदिन्छ भने त्यक्तिकै शुष्कपनि ।

यस्तै नै मन प्रफुलितहुँदा, ससंकित पनि भइदियो । करिब ५/६ वर्ष अघिको कुरा हो, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विरामी पनि थिए । त्यहाँ शल्यक्रिया पनि हुन्थ्यो । ती दिन म परिवार स्वास्थ्य महाशाखा (अहिलेको परिवार कल्याण महाशाखा) को निर्देशकको हैसियतमा प्रतिष्ठान अनुगमन गर्न पुगेकी थिँए । निरीक्षणकै क्रममा एउटा वन्द कोठा नजिक पुगियो । यो शल्यकक्ष रहेछ । मलाई साथ दिनु भएका प्रतिष्ठानका कर्मचारीले ढोका खोल्नु भयो । भित्रको दृश्यले मलाई स्तब्ध वनायो । बच्चा निकाल्ने शल्यक्रिया भOरहेको रहेछ ।

न शल्यचिकित्सहरुले मास्क र टोपी लगाउने आवश्यक ठानेछन्, न उनका सहयोगी नर्सहरुले नै । शल्यटेवल वरिपरी घेरिएर उभिएका ८/१० जना महिलाहरुको रंगीचंगी कपडाले सोच्न वाध्य वनायो यो रंगमन्च हो वा साँचैमा शल्यकक्ष । त्यस्तो दुर्गम ठाँउमा पनि शल्यक्रिया भइरहेको देख्दा खुशी हुनु पर्नेमा म दुःखी भए । जे होस ती महिला ७ दिनमाअस्पतालवाट सकुशल छुट्टी पाएर घर गइन रे ।

केही महिनापछि ति गोरे शल्यचिकित्सक पनि आफ्नै देश फर्किएछन् । त्यस भेकको जनताले पाएको सेवालाई निरन्तरता दिन एक नेपाली चिकित्सक जुम्ला पुगे, केहीवर्षको सेवा पश्चात जुम्ला जाने क्रममा विमान दुर्घटनामा उनको मृत्यु भयो । आखिर जुम्लाका जनताले कतिसम्म कष्ट भोग्नु थियो त्यो भोग्नै पर्ने भयो । दुर्गम ठाउँको नियती नै यही हो ।

विमानस्थलवाट वाटैमा पर्ने वासस्थानमा सामान छोडेर सिधै प्रतिष्ठान तिर लागियो । वीचवाटोमा एउटा विरामीलाई तन्नाको डोलीमा चारजना केटाहरुले वोक्दै लगेको पनि देखियो । म सोच्न थाले अव यो विरामीको के हुने हो ? यँहा के नै हुन सक्ला र ? यस विचमा विरामीलाई केटाहरुले निकै टाडा पुर्याइसकेछन् । मेरो प्राध्यापक साथी र म हिँउका कारण निकै सुस्त सुस्त अघि वढ्यौ । यसरी नै अघि वढदा वढदै म अनायाश रोकिए । वारम्वार आँखा मिचेर हेरे, के म ठीक देख्दै छु ? सुनेको त थिँए, प्रतिष्ठानको नयाँ भवनवनेको छ भन्ने तर वासिङ्गटन डिसीको हृवाइट हाउस जुम्लामा सरेको थाहा थिएन । अश्चर्यजनक सखुदअनुभूती भयो ।

फराकिलो प्राङगडमा सेतो कोटमा युवा तथा युवती डाक्टरहरु यत्रतत्र देख्दा १०/१५ वर्ष अघिको त्रि.वि.वि. शिक्षण अस्पतालको सम्झना आयो । हामी भवनभित्र पस्यौ । साँचो वोल्नु पर्दा आजको दिनसम्म काठमाण्डौको सायदै कुनै सरकारी अस्पताल यतिको गरिमामय होला ?

व्यवस्थित आपतकालिन कक्ष हुँदै शल्यकक्ष पुगियो ।म स्तब्ध भँए, यस पटक खुशीले । पहिलो दिन यसरी नै उत्साहपूर्ण वित्यो । दोश्रो दिनको अनुभव अर्के । स्त्री रोग विशेषज्ञ डाक्टर साहेवको अनुरोधमा उत्तर शल्यकक्ष पुगियो । त्यहाँ धेरै विरामीमध्ये एउटी २०/२२ वर्षकी महिलामा मेरो ध्यान गयो । केही घण्टा अगाडि यिनको शल्यक्रियाद्धारा फुटेको पाठेघर सिलाएको रहेछ । यिनै स्त्री रोग विशेषज्ञ डाक्टर साहेवले । यी महिला १० घण्टाको लगातार प्रसव वेदनापछि घरमा वच्चा जन्माउन नसकेर ७ घण्टा टाडाको गाँउबाट एकाविहानै प्रतिष्ठान ल्याइएकी रहिछन् । ढिला गरी प्रतिष्ठान पुग्दा वच्चा वचाउन सकिएन, धन्न आमा त वाँचिन । यदि यी महिलाको गाँउवाट २ घण्टाको वाटोमा उचित उपचार हुने स्वास्थ्य संस्था हुँदो हो त यिनको वच्चा वाँच्थ्यो होला । साथै टालटुल गरेको पाठेघरमा अब अर्को वच्चा वस्दा हुने खतरा पनि निम्तिदैनथ्यो होला ।

यस क्षणले पनि म कर्णाली प्रतिष्ठान जानुको अर्थ मैले अनुभव गरे । त्यस क्षणको मैले साक्षत्कार गर्नुले पनि म त्यहाँ हुनुको अर्थ अझ बलियो भएको मैले पाँए।

म त्यहाँ पढाउन गएकी, मैले पढाउन त्यहाँ विद्यार्थी हुनु पर्यो । यो प्रदेशको विरामीहरु नेपालगञ्ज, काठमाण्डौ धाउनु वा प्रेषण हुनु भएन । यसको लागि यस प्रदेशका स्वास्थ्य सेवाहरु गुणस्तर र सर्व सुलभ हुनुपर्यो ।

यहाँनेर आएर म त्यस प्रतिष्ठानमा हुनुको अर्थ हुन सक्छ । मेरो ३० वर्षे नेपाल सरकारको सेवामा डोकोमा वोकेको विरामीको उपचार गर्नेदेखि लिएर यस्ता अवस्था रोक्न वनाएका कार्यक्रम लागु तथा निरीक्षण गर्ने । यस्ता अवस्था न्युनिकरण गर्न नीति नियम वनाउनेसम्मका जिम्मेवारी निभाउने अवसर पाँए । यी अनुभव सायद यहाँ काम आउछ होला ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई एउटा अलग्गै विशिष्टीकृत अस्पतालताको रुपमा अघि वढाउनु पर्छ र वढछ पनि । प्रतिष्ठान, सरोकारवाला, स्थानिय सरकार, प्रदेश सरकार र संघिय सरकारको सहकार्यमा गर्नु पर्छ । यतिभएमानेपालमात्रहोईन वाहिरी जगतमा समेत यो प्रतिष्ठान प्रतिष्ठित वन्छ र मेरो अन्तरयात्राभित्रको कणर्ाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले पनिनिश्चितताका साथआफनो गति लिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment