Comments Add Comment

यती एअरलाइन्सको चौंथो एटीआर-७२ विमान काठमाडौंमा

१४ वैशाख, काठमाडौं । यती एअरलाइन्सले आफ्नो चौंथो एटीआर-७२ ‘५००’ विमान भित्र्याएको छ । आफ्नो सेवा बिस्तार गर्ने क्रममा यतीले नयाँ एटीआर भित्र्याएको हो ।

उत्पादन क्रम संख्या एमएसएन ७५४ तथा  नेपाली रजिष्ट्रेशन नं. ९ एन एएनसी रहेको उक्त विमान आज २६ अपि्रल २०१९ का दिन थाइल्याण्डको राजधानी बैंङ्ककबाट उडेर दिउँसो १ः३० बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

पर्यटन वर्षको सन् २०२० वर्षमा नेपाल सरकारको २० लाख पर्यटक आगमनको लक्ष्य हासिल गर्न थपिएका विमानहरुले मद्दत गर्नेछन् भन्ने विश्वास यति एअरलाइन्सले लिएको छ ।

नयाँ एटीआर एक फ्रान्सेली इटालियन कन्सोर्टियमद्वारा निर्मित टि्वन इन्जिन टर्बोप्रोप विमान हो । यसको सर्वश्रेष्ठ निर्माण र प्रदर्शनका कारण एटीआर ७२ विश्वमै सवैभन्दा सफल क्षेत्रीय क्यारियर बनेको छ ।

नयाँ एटीआर दुई प्राट एण्ड व्हिट्नी पीडब्लु १२७ इन्जिनहरुद्वारा संचालित छ र ह्यामिल्टन स्टान्ज्डर्ड कम्म्पोजिट प्रोपेलरहरु बाट सुसज्जित छन् । यी उच्च प्रविधियुक्त इन्जिन र प्रोपेलरहरु उत्कृष्ट प्रदर्शन, इन्धन बचत, उल्लेखनीय ध्वनीको कमी र कम ग्रीन हाउस ग्यास उत्सर्जन जस्ता कुरा सुनिश्चित गर्छन् ।

यति एअरलाइन्सले सन् १९९८ देखि आˆनो उडानको शुरुवात गरेको हो । यतीसँग हाल एटीआर वाहे जे४१विमान ५वटा र भगिनि संस्था तारा एअरको दुई वटा डोर्निओर डीओ २२८ र चार वटा टि्वनअर्टर विमानबाट सेवा प्रदान गरिरहेको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment