+
+
Shares

सम्भोग गर्दागर्दै कण्डम निकालेपछि १२ वर्ष जेल

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख १५ गते ११:०४

बेलायतमा एउटा अनौठो घटना सार्वजनिक भएको छ । यौनकर्मीसँग सम्भोग गर्ने क्रममा आफ्नो यौनांगबाट कण्डम निकालेपछि एक युवकविरुद्ध बलात्कारको अभियोग लाग्यो र उनलाई १२ वर्षको जेल सजाय भएको छ ।

सम्भोग गर्दा लगाएको कण्डम सम्भोग गर्दागर्दै निकालेपछि ती युवकमाथि असुरक्षित यौन सम्पर्कको प्रयास गरेको अभियोगमा यौनकर्मी महिलाले मुद्दा हालेकी थिइन् ।

ती युवकको नाम ली हगबेन हो । पीडित यौनकर्मी महिलाको नाम भने खुलाइएको छैन । तर उनको उमेर २० वर्षको रहेको बताइएको छ । आफूमाथि कण्डम विनै जबरजस्ती यौन सम्पर्क गरेको भन्दै उनले पुलिसमा उजुरी गरेपछि प्रहरीले ली हगबेनलाई पक्राउ गर्यो ।

अन्ततः उनलाई अदालतले १२ वर्षको जेल सजाय सुनायो । ती युवकले पीडित युवतीका अभिभावकहरुलाई मात्र होइन न्यायाधीशलाई पनि ज्यान मार्ने धम्की दिएका थिए ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?