+
+
Shares

यूवराजको ‘लटर पटर’ प्रेममा प्रियंका

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख १५ गते ११:१८

गायक यूवराज चौलागाई र गायिका अनुष्का पाठकको स्वरमा समावेश ‘लटर पटर’ बोलको गीत सार्वजनिक भएको छ । दिपक शर्माको संगीत रहेको गीतमा राजेन्द्र थापाको शब्द छ । गीतको भिडियोलाई केही फरक बनाउने प्रयास गरिएको छ । गायक चौलागाइले समेत गीतमा मोडलिङ गरेका छन् । साथमा गीतमा नायिका प्रियंका कार्की र मोडल सुनिल क्षेत्रीको मोडलिङ छ ।

गम्भिर बिष्टको कोरियोग्राफी तथा निर्देशन रहेको भिडियोमा नविन निरौलाको सम्पादन, नवराज उप्रेतीको छायांकन छ । गायक चौलागाइले ‘हारे हारे’ बोलको गीतबाट दर्शकमाझ आफूलाई परिचित गराएका थिए । ‘लटर पटर’ गीतलाई आफूले आफ्नो शैली र बजारमा चलेको शैलीलाई मिसाएर बनाएको गायकले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?