+
+

नयाँ बसपार्कभित्र विचौलियालाई ‘नो इन्ट्री’

काउन्टरमा बसे पोशाकधारी कर्मचारी

रविन्द्र घिमिरे रविन्द्र घिमिरे
२०७६ वैशाख १५ गते १६:३२

१५ वैशाख, काठमाडौं । नयाँ बसपार्कको टिकट काउन्टर व्यवस्थापनको काम सुरु भएको  छ । विचौलियालाई छिर्न नदिने गरी काम थालिएको हो ।

बसपार्क व्यवस्थापनको जिम्मा लिएको लोत्से बहुउद्देश्यीय प्रालिले पूर्व जाने बसहरुको काउन्टर एकै स्थानमा व्यवस्थापन गरेर काम सुरु गरिएको जनाएको छ ।

कम्पनीले काउन्टरमा खटिने कर्मचारीलाई तोकिएको ड्रेस र परिचयपत्र अनिवार्य गरेको छ भने काउन्टरभित्र अनावश्यक मान्छे छिर्न नसक्ने गरी विद्युतीय प्रविधि जडान गरेको छ ।

पूर्व जाने बसका लागि ६ वटा काउन्टर व्यवस्थापन गरेर काम सुरू गरिएको कम्पनीका अध्यक्ष दीपक कुँवरले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालयमा केही दिन अगाडि बसेको ट्राफिक प्रहरी र यातायात व्यवसायीको बैठकले नयाँ बसपार्क तथा अन्य ठाउँमा नियमानुसार राखिएका काउन्टरमा टिकट वितरण गर्ने व्यक्तिले अनिवार्य रुपमा पोशाक लागउनुपर्ने र साथमा परिचयपत्र राख्नुपर्ने व्यवस्था गरेको थियो ।

त्यसलाई नयाँ बसपार्कबाट कार्यान्वयन गर्न थालिएको हो । यस्तै नयाँ बसपार्कमा विचौलियाको प्रवेशलाई पनि निषेध गरिएको दावी लोत्सेको छ ।

‘हामीले बिचौलिया रोक्न सुरक्षा गार्ड राखेका छौं, सीसी क्यामेराबाट निगरानी गरेका छौं,’ कुँवरले भने,’बिचौलियाको निगरानी गर्न छुट्टै टिम बनाएका छौं ।’

बिचौलियालाई रोकिएपछि यात्रु ल्याएर बस कम्पनीबाट कमिसन लिने क्रम हटेको छ । यसअघि स्वतः स्फूर्त रुपमा आउने यात्रुलाई पनि आफ्नो भन्दै बिचौलियाले बाहिरबाटै लिएर जाने र टिकट कटाएर कमसिन लिने गरेका थिए ।

यसले गर्दा यात्रु पनि ठगिने र बस कम्पनीहरु पनि बिचौलिया नभए यात्रु नै नपाउने अवस्थामा थिए । अब विचौलियालाई प्रवेश नै नदिने गरी संयन्त्र तयार गरिएको दावी कम्पनीको छ ।

बस कम्पनी र समितिहरुले पनि कमिसन दिन नपरेपछि खर्च बचेको भन्दै खुसी व्यक्त गरेका छन् । यस्तै अब अन्य रुटमा छुट्ने बसहरुको पनि काउन्टर व्यवस्थित गर्ने योजना रहेको कुँवर बताउँछन् ।

अब बिचौलियार्फत टिकट नकाट्ने र काउन्टरमा पोशाक लगाएका  कर्मचारीबाटै टिकट लिन यात्रुलाई कम्पनीले आग्रह गरेको छ ।

बसपार्कमा यात्रुलाई ठगिन नदिन हरेर समयमा जनचेतनामूलक माइकिङ पनि गर्न सुरु गरिएको उनले बताए ।

लोत्सेले यसअघि नै बसपार्कभित्रका  झुप्रामा बसेका झण्डै ४ सयबढी पसल हटाएको थियो । यस्तै कम्पनीले सोलार लाइट, ग्यारेज, पेट्रोल पम्प, अपांगमैत्री शौचालय लगायतका पूर्वाधार पनि थपेको छ । बगैँचा पनि व्यवस्थापन गरेर दैनिक सरसफाइमा पनि ध्यान दिइएको  छ ।

लोत्सेले काठमाडौं २५ वर्षका लागि व्यवस्थापन हेर्ने गरी महानगरपालिकाबाट जिम्मा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?