+
+
WC Series
विराटनगर किंग्स 2025
94/10 (17.5)
VS
Lumbini Lions won by 40 runs
Won लुम्बिनी लायन्स 2025
134/8 (20)
Shares

दार्चुलाको दुर्गम गाउँमा एकीकृत घुम्ती शिविर

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख १५ गते १६:५४

१५ वैशाख, कैलाली । जिल्ला प्रशासन कार्यालय दार्चुलाको आयोजना र अपि हिमाल गाउँपालिकाको व्यवस्थापनमा गाउँपालिकाको खण्डेश्वरीमा सार्वजनिक सुनुवाईसहितको एकीकृत घुम्ती सेवा शिविर आइतबारबाट सुरु भएको छ ।

दुई दिनसम्म चल्ने उक्त कार्यक्रमा सार्वजनिक सुनुवाई भने आइतबार नै सकिएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी शंकर बहादुर विष्टले जानकारी दिए ।

दार्चुला सदरमुकामबाट करिब १ सय ३० किमिको दूरीमा तिब्बतसँगै जोडिएको उक्त स्थान पुग्न करिब ६ घण्टा पैदल हिड्नु पर्छ ।

दुई दिनसम्म चल्ने शिविरमा वंशजको आधारमा नागरिकता, फोटोसहितको मतदाता नामावली दर्ता, घरेलु पशु तथा कृषि सम्बन्धि सेवा, अपिनम्पा संरक्षण क्षेत्रद्वारा यार्सागुम्बा संकलन अनुमति पत्र प्रदान गरिने प्रमुख जिल्ला अधिकारी विष्टले जानकारी दिए ।

त्यस्तै गरि जिल्ला अदालत दार्चुलाले स्थानीयहरुसँग छलफल गर्दै न्यायिक सम्बादमार्फत न्यायिक काम कारवाहीका सम्बन्धमा छलफल र गाउँपालिकाको न्यायिक समितिले गरेको काम कारवाहीको समेत निरिक्षक गरिएको प्रमुख जिल्ला अधिकारी विष्टले जानकारी दिए ।

सोही अवसरमा दुई दिनसम्म नै धनगढीस्थित सारथी अस्पताल प्रालिले निःशुल्क रुपमा स्वास्थ्य परीक्षण र औषधि वितरण गर्ने अस्पतालका वरिष्ठ फिजिसियन डा. रुपेशकान्त मिश्रले जानकारी दिए ।

एकीकृत घुम्ती सेवा शिविर कार्यक्रममा दार्चुलास्थित सरकारी कार्यालयहरुका प्रमुख, दार्चुला स्थित तिनओटौ सुरक्षा निकायका प्रमुखहरु उपस्थित थिए ।

दुर्गम स्थानमा आफनै घरदैलोमा सेवा पाएकोमा स्थानियहरु दंग थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?