+
+

पाकिस्तानका ३० हजार मदरसा केन्द्र सरकार मातहत, अब नैतिक शिक्षा पढाइने

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख १७ गते ९:०६

१७ वैशाख, काठमाडौं । आतंकवादबाट मुक्त हुने कोसिसमा रहेको पाकिस्तानले देशभरका मदरसाहरुलाई शिक्षा मन्त्रालय मातहत ल्याउने र मुख्यधाराको शिक्षा प्रणाली लागू गर्ने भएको छ ।

मदरसाका विद्यार्थीहरुलाई समसामयिक विषय पढाउन अब नयाँ पाठ्यक्रम बनाइने छ र सबै सम्प्रदायलाई आदर गर्न सिकाउने नैतिक शिक्षा पढाइने छ ।

रावलपिन्डीमा पत्रकारहरुसँग कुरा गर्दै पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल आसिफ गफूरका अनुसार मदरसालाई नियन्त्रणमा लिन र मूलधारमा ल्याउन बिभिन्न कदम उठाइने छ । उनले सबै मदरसालाई शिक्षा मन्त्रालय मातहत ल्याइने जानकारी पनि दिए ।

पाकिस्तानमा धार्मिक मदरसाको संख्या बढिरहेको छ । सन् १९४७ मा २४६ मदरसा रहेकामा हाल ३० हजारभन्दा बढी छन् ।

पाकिस्तानका मदरसाहरुले धार्मिक शिक्षाको आडमा आतंकवादलाई प्रश्रय दिएको आरोप लाग्ने गरेको छ । लश्कर ए तोएबा र अलकायदालाई बम बनाउने, आत्मघाती आक्रमण गर्ने लगायतका प्रशिक्षण दिएको आरोपमा पाकिस्तानको पेशावरस्थित एक मदरसालाई अमेरिकाले आतंकवादी संगठन घोषणा गर्दै प्रतिबन्ध लगाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?