
१७ वैशाख, काठमाडौं । भारतका आध्यात्मिक गुरु आशारामका छोरा नारायण साईलाई बलात्कारको मुद्दालाई जन्मकैदको सजाय सुनाइएको छ ।
गुजरातको सुरतको एक सत्र अदालतले मंगलबार सजाय सुनाएको हो । नारायण साईलाई एक लाख भारु जरिवाना पनि सुनाइएको छ ।
साईका सहयोगी गंगा, जमुना र हनुमानलाई १०/१० वर्षको जेल सजाय सुनाइएको छ ।
ड्राइभर रमेश मल्होत्रालाई ६ महिना जेल सजाय सुनाएको अदालतले पीडितलाई ५ लाख क्षतिपूर्ति दिन भनेको छ ।
सुरतीकी दुई दिदीबहिनीले आशाराम र उनका छोरा नारायण साईमाथि बलात्कारको आरोप लगाउँदै प्रहरीमा उजुरी दिएकी थिइन् । बहिनीले नारायणमाथि २००२ देखि २००५ को बीचमा बलात्कार गरेको मुद्दा हालेकी थिइन् ।
पीडित महिलाका अनुसार आशारामको सुरुतस्थित आश्रममा नै उनको बलात्कार भएको थियो । उनको दिदीले भने आशारामले १९९७ देखि २००६ को बीचमा अहमदाबादस्थित आश्रममा आशारामले लगातार बलात्कार गरेको बताएकी थिइन् ।
प्रतिक्रिया 4