
अष्ट्रेलिया / गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको सदस्यताको म्याद सकिएको छ । मंगलबार रातिदेखि सदस्यता फारम भर्ने म्याद सकिएको हो ।
तोकिएको समयमा ११ हजार ८१८ जनाले फाराम भरेका छन् । यो सँगै एनआरएनए अष्ट्रेलिया शाखा सबैभन्दा धेरै सदस्य भएको शाखा बनेको छ ।
एनआरएनएका विश्वभरका अन्य शाखाको भन्दा धेरै सदस्य भएको शाखा बनेको भन्दै एनआरएनए अष्ट्रेलियाका सचिव देव गुरुङले सदस्यहरुलाई बधाईसमेत दिएका छन् ।
यसअघि एनआरएनए अमेरिकामा सबैभन्दा धेरै सदस्यहरु रहेका थिए ।
एनआरएनए अष्ट्रेलियाको चुनाव आगामी जुलाइमा हुँदैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4