Comments Add Comment

रसुवागढी र साञ्जेनको आईपीओे– १० कित्तादेखि ५० कित्तासम्म पाए लगानीकर्ताले

१९ वैशाख, काठमाडौं । रसुवागढी र साञ्जेन जलविद्युतको आईपीओ बिहीबार बाँडफाँट गरिएको छ । दुबै कम्पनीको आईपीओे बैशाख ६ देखि १२ गतेसम्म निष्काशन गरिको थियो ।

बिहीबार उर्जा मन्त्रालयमा भएको आईपीओे बाँडफाँटमा रसुवागढीमा आवेदन गर्ने लगानीकर्ताले अधिकतम ५० र न्युनतम ४० कित्ता सेयर पाए । यस्तै साञ्जेनको आईपीओमा आवेदन गर्ने सबैले न्युनतम् १० र अधिकतम २० कित्ता सेयर पाए ।

रसुवागढीले सर्वसाधरणका लागि ९३ लाख ३९ हजार ४६७ कित्ता सेयर सार्बजनिक निश्कासनमा ल्याएको थियो । जसमा एक करोड ७१ लाख ७ हजार ८४० कित्ताको सेयर माग गर्दै ३ लाख २ हजार ३४३ आवेदन परेको थियो । प्राप्त आवेदन मध्ये ११ हजार ७१ निवेदन अस्वीकृत भएको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ ।

यस्तै साञ्जेन जलविद्युतको आईपीओेमा ३ लाख ५९७ आवेदकबाट एक करोड ३८ लाख ६९ हजार ७३० कित्ता सेयर माग गरिएको थियो । जसमा १० कित्ताका लागि आवेदन गरेका ५९ हजार ४५५ आवेदकलाई १० कित्ता कै दरले र २० देखि २ हजार कित्तासम्म आवेदन गर्ने दुई लाख ९ हजार ३२८ आवेदकलाई गोलाप्रथाबाट थप १० कित्ता गरि २० कित्ताका दरले सेयर बाँडफाँट गरियो ।

साञ्जेनको आईपीओेमा २ लाख ८८ हजार ७९७ आवेदन सदर भएको बिक्री प्रबन्धक नागरिक लगानी कोषले जनाएको छ । आईपीओेमा आवेदन गरेरका ११ हजार ७०० वटा आवेदन रद्ध भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment