Comments Add Comment

मुम्बई आईपीएलको प्लेअफमा

Photo Credit : आईपीएल

२० वैशाख, काठमाडौं । मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको प्लेअफमा प्रवेश गरेको छ ।

बिहीबार राति भएको खेलमा सनराइजर्स हैदरावादलाई सुपर ओभरमा पराजित गर्दै मुम्बईले प्लेअफमा स्थान बनाएको हो । १६३ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको हैदरावादले २० ओभरमा ६ विकेट गुमाएर १६२ रन नै बनाएपछि दुवै टिमको स्कोर बराबरी भएको थियो ।

सुपरओभरमा खेल धकेलिएपछि हैदरावादले मुम्बईलाई ९ रनको चुनौती पेश गरेको थियो । सुपरओभरमा जवाफी ब्याटिङ थालेको मुम्बईले तीन बलमा लक्ष्य पूरा गर्‍यो ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा १६२ रन बनाएको थियो । मुम्बईका लागि डी ककले अविजित ६९ रन बनाए । कप्तान रोहित शर्माले २४ रन बनाउँदा सूर्यकुमार यादवले २३ रन जोड्न सफल भएका थिए ।

विजयी लक्ष्य पाएको हैदरावादले पनि निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १६२ रन नै बनाएको थियो । हैदरावादका लागि मनिस पाण्डेले अविजित ७१ रन बनाए । त्यस्तै, मोहम्मद नावीले ३१ रन रन बनाए । बलिङतर्फ मुम्बईका हार्दिक पाण्ड्या, कुर्नाल पाण्ड्या र जस्प्रित बुम्राहले समान २–२ विकेट लिए ।

जितपछि दोस्रो स्थानमा उक्लिएको मुम्बई प्लेअफमा पुग्न सफल भएको छ । योसँगै प्लेअफमा पुग्ने तीन टिम भएको छ । चेन्नाई सुपर किग्ंस, दिल्ली क्यापिटल्स र मुम्बई ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment