
२० वैशाख, काठमाडौं । सरकारले राजमार्गहरुलाई विमानको आपतकालीन अवतरणका लागि धावनमार्गका रुपमा विकास गर्ने भएको छ । सरकारका तर्फबाट संसदमा शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले पेश गरेको आगामी आवको नीति तथा कार्यक्रममा यस्तो घोषणा गरिएको हो ।
राजमार्गहरुलाई आपतकालीन धावनमार्गका रुपमा विकास गर्ने योजना नेपालमा पहिलो पटक आएको हो ।
पूर्व पश्चिम राजमार्गलाई ४ लेनको बनाउने र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलाई २४ घण्टा नै सञ्चालनमा ल्याउने योजना सरकारको छ । यस्तै सन् २०१९भित्रै लुम्बिनिको निर्माणाधीन विमानस्थल सञ्चालनमा ल्याउने घोषणा पनि गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4