
२० वैशाख, काठमाडौं । इटालियन ठेकदार भागेपछि मेलम्ची खानेपानी आयोजना केही महिनादेखि अलपत्र छ । तर, सरकारले एक वर्षभित्र काठमाडौंबासीलाई मेलम्चीको पानी खुवाउने बाचा गरेको छ ।
राष्ट्रपति विद्या भण्डारीले शुक्रबार संसदमा पेश गरेको सरकारको नीति तथा कार्यक्रममा मेलम्ची खानेपानी आयोजना यस वर्ष पुरा गर्ने बताएका हुन् । अर्थात ढिलामा २०६७ साल असार मसान्तसम्म आयोजना निर्माण हुनुपर्नेछ ।
आयोजनाको काम सम्पन्न उन्मुख रहेका बेला इटालियन ठेकदार सीएमसीले आयोजना छोडेको थियो । आयोजनाको बाँकी काम र त्यसको लागतबारे भने अध्ययन भइरहेको मेलम्ची खानेपानी आयोजनाले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4