+

च्यासल र सरस्वती चन्द्रागिरी गोल्डकपको फाइनलमा

२०७६ वैशाख  २० गते १९:४५ २०७६ वैशाख २० गते १९:४५
च्यासल र सरस्वती चन्द्रागिरी गोल्डकपको फाइनलमा

२० वैशाख, काठमाडौं । चन्द्रागिरी गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि भ्याली च्यासल युथ क्लब र सरस्वती युवा क्लबीच प्रतिस्पर्धा हुने भएको छ ।

चन्द्रागिरीको नैकाप फुटबल मैदानमा शुक्रबार भएको दोस्रो सेमिफाइनलमा विभागीय नेपाल एपीएफ क्लबमाथि २–१ को कठिन जित निकाल्दै च्यासल फाइनलमा पुगेको हो । च्यासलको जितमा विदेशी खेलाडी अर्मान्डले दुबै गोल गरे । यता, एपीएफका प्रदीप लामाले एक गोल फर्काए ।

खेलको २६औं मिनेटमा च्यासलका लागि अर्मान्डले गोल गर्दै अग्रता दिलाएका थिए । तर खेलको ३३औं मिनेटमा प्रदीपले गोल गर्दै १–१ गोलको बराबरीमा ल्याएका थिए । पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएपनि दोस्रो हाफको अन्तिम समयमा अर्मान्डले व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई २–१ को जित दिलाए ।

अब च्यासलले उपाधिका लागि आइतबार सरस्वती युवा क्लबसँग प्रतिस्पर्धा दिउँसो तीन बजे प्रतिस्पर्धा गर्दैछ । सरस्वतीले बिहीबार जावलाखेल युथ क्लबलाई १–० ले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । प्रतियोगिताको विजेताले ६ लाख तथा उपविजेताले ३ लाख रुपैयाँ प्राप्त गर्ने छन् ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय