Comments Add Comment

केटी भगाएको आरोपमा हातखुट्टा बाँधेर वडाकार्यालयमै कुटपिट

Photo Credit : कुटिएका शंकर साह । अनलाइनखबर

२२ वैशाख, महोत्तरी । महोत्तरीको सोनमा गाँउपालिकामा केटी भगाएको भन्दै दुई जना निर्घात कुटिएका छन् ।

सोनमा गाँउपालिका-१ की एक युवतीलाई भगाउन (बिहे गरिदिन) को लागि सहयोग गरेको भन्दै गाउँका शंकर साह र रामु साहमाथि कुटपिट भएको हो । उनीहरु बाबुछोरा हुन् ।

पीडितहरुले गाउँपालिका प्रमुख राजकुमार यादव, वडाध्यक्ष अशोक यादव र प्रमोद यादवले आफूहरुलाई हातखुटा बाँधेर निर्घात कुटपिट गरेको आरोप लगाएका छन् ।

जनप्रतिनिधिहरु नै कुटपिटमा संलग्न भएको कारण घटना ढिलो गरी सार्वजनिक भएको बताएको छ ।

वैशाख १८ गते भएको घटना सम्बन्धमा आयोजित छलफलकै समयमा वडा कार्यालयकै परिसर भित्रै दुवैजनामाथि कुटपिट भएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।

घटनाको सम्बन्धमा ढिलो गरी निवेदन परेको र घटना सम्बन्धमा आवश्यक छानबिन भैरहेको प्रहरी निरीक्षक किशोर आर्चायले जानकारी दिए ।
कुटपिटबाट दुवै जनाको शरीरमा निलडामहरु रहेको र घाउ जाँचको लागि स्वास्थ्य संस्था पठाइएको उनले बताए ।

आफूहरुलाई घटनास्थलमा रहेका प्रहरीले समेत अस्पताल नलगी घरमा छाडेको पीडित शंकर साहको गुनासो छ ।

भागेको केटीलाई २४ घण्टाभित्र फिर्ता ल्याउन गाँउपालिका अध्यक्षले यादवले चेतावनी दिएपछि भने आफूहरुमाथि कुटपिट रोकिएको साहले बताए ।

गाउँपालिका प्रमुख राजकुमार यादवले भने आफूहरुलाई छलफल गराइदिन भन्दै दुबै पक्षले भनेको कारण छलफलमा सहभागी भएको र छलफलको क्रममा कुनै प्रकारको कुटपिट नभएको दावी गरेका छन् ।

घटनालाई राजनीतीकरण गर्न खोजिएको र आफू र आफ्नो वडा अध्यक्षको उक्त कुटपिट घटनामा संलग्नता नरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment