
२३ वैशाख, काठमाडौं । नयाँ बसपार्क पुलसँगैको अतिक्रमण हटाइएको छ । जिल्ला प्रशासन कार्यालय र महानगरीय ट्राफिक प्रहरी महाशाखाको अगुवाईमा सडक करिडोर सडक अतिक्रमण गरी बनाइएका ब्यापारिक तथा आसासीय टहरा हटाइएको हो । योसँगै विष्णुमति करिडोर खुला भएको छ ।
यसले वालाजु, गंगोबु, समाखुशी लगायतका क्षेत्रमा हुने जाम लाई घटाउन सहयोग पुग्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बताए ।
यस्तै लामो दूरीको वसलाई सहज हुनेछ । नयाँ बसपार्क गेट अगाडि पनि ट्राफिक जाम धैर कम हुने उनको भनाइ छ ।
कालीमाटी, वालाजु, नेपालटार, बाँनियाटार, टोखा, झोर लगायतका क्षेत्रमा जाने साना सवारीलाई पनि सजिलो हुनेछ ।
‘यो कोरीडोरको राम्रोसँग सुधार गरेर सञ्चालन गर्ने हो भने यो क्षेत्रको ५० प्रतिशत जाम कम हुन्छ,’ महासचिव सिटौलाले भने ।
पछिल्लो सयममा काठमाडौंमा सवारी व्यवस्थापनाका लागि विभिन्न प्रयास थालिएको छ । अनाधकीकृत रुपमा राखिएका टिकट काउन्टर हटाउने र पिक एन्ड ड्रप लागू गर्ने क्रम तीव्र पारिएको छ ।
नयाँ बसपार्कको व्यवस्थापनका लागि पनि काम थालिएको छ । काठमाडौं उपत्यकाभित्र जाम घटाउन कोरिडोर सडक र पुलमुनिको सडकलाई पनि स्तरोन्नति गर्ने योजना बनेको छ ।
त्यसै अनुसार महानगरीय ट्राफिक प्रहरी महाशाखाले विभिन्न स्थानमा सडक सुधारको लागि समन्वायात्मक पहल गरेको छ ।
प्रतिक्रिया 4