+
+

पहेँलो जर्सीमा फर्किए स्मिथ र वार्नर

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख २३ गते २०:४५

२३ वैशाख, काठमाडौं । बल टेम्परिङ काण्डमा मुछिएपछि पहिलो पटक अष्ट्रेलियाको पहेँलो जर्सीमा फर्किएका डेभिड वार्नरको प्रेरणादायी ब्याटिङ र स्टिभ स्मिथको क्याच लिएका छन् ।

मार्च २०१८ मा बल टेम्परिङ विवादमा मुछिएपछि क्रिकेट अष्ट्रेलियाले तत्कालीन कप्तान स्मिथ र उपकप्तान वार्नरमाथि एक वर्षे प्रतिबन्ध लागेको थियो । दुबै विश्वकपको अभ्यास खेलका क्रमा न्यूजिल्याण्ड ११ विरुद्ध सोमबार पहेँलो जर्सीमा मैदान उत्रिए ।

वार्नरले ४३ बलमा ३९ रन बनाएको खेलमा स्मिथले एक हातले डाइभिङ क्याच लिए र अष्ट्रेलिया ११ एक विकेटले विजयी भयो । यद्यपि यो खेल एकदिवसीयमा गणना हुनेछैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?