Comments Add Comment

मान्छेका कारण जीवजन्तु लोप हुने राष्ट्रसंघको चिन्ता

मान्छेले प्रकृतिलाई दिएको दुःख मानव इतिहासकै धेरै !

२४ वैशाख, काठमाडौं । वैज्ञानिकहरूले बताएका छन् कि विश्वका १० लाखभन्दा बढी जीव तथा वनस्पतिका प्रजातिहरु लोप हुने खतरामा छन् । यसको प्रमुख कारण मानव क्रियाकलाप नै हो ।

अध्येताहरुका अनुसार हाल मान्छेले प्रकृतिलाई दिएको दुःख मानव इतिहासकै सबभन्दा धेरै हो ।

जैविक विविधताबारेको संयुक्त राष्ट्रसङ्घको पहिलो प्रतिवेदनका अनुसार पृथ्वीबाट जीव लोप हुने दर विगतको भन्दा दशौँ मात्र नभई सयौँ गुणा बढेको छ । करिब पाँच लाख पशु तथा वनस्पति प्रजातिलाई दीर्घकालीन जीवनका लागि पर्याप्त वासस्थान छैन । अर्थात्, वासस्थान पुनस्र्थापना नगरेसम्म तीमध्ये धेरै आगामी दशकमै लोप हुने खतरामा छन् । महासागरको अवस्था पनि योभन्दा खासै राम्रो छैन ।

जंगल, घाँसे मैदान र अन्य क्षेत्रहरु खेत, शहर र अन्य विकास आयोजनामा उपयोग गरिनाले वनस्पति तथा जनावरहरुलाई बासस्थानको अभाव भएको छ

‘नजानकिनै मानव जगतले यो ग्रहको र आफ्नै भविष्यको घाँटी निमोठेको छ,’ जर्ज म्यासन विश्वविद्यालयका जीवशास्त्री थोमस लभ्जोय भन्छन्, ‘यस ग्रहको जैविक विविधतामा साँच्चै नै प्रहार भएको छ । यद्यपि हामीलाई यो समस्या समाधान गर्ने अन्तिम मौका छ ।’

एक हजारभन्दा बढी पाना भएको प्रतिवेदन सार्वजनिक गर्नका लागि संसारभरका संरक्षण वैज्ञानिकहरु हालसालै पेरिसमा जम्मा भएका थिए । अध्ययनका लागि जैविक विविधता तथा पर्यावरण सेवाबारे अन्तर्सरकारी विज्ञान तथा नीति मञ्च -आइपीबसइएस)ले ४५० भन्दा बढी अध्येता परिचालन गरेको थियो भने उनीहरूले करिब १५ हजार वैज्ञानिक तथा सरकारी प्रतिवेदन अध्ययन गरेका थिए । सबै १०९ देशका प्रतिनिधिले प्रतिवेदनको सारांश अनुमोदन गरेका थिए ।

विश्व वन्यजन्तु कोषकी प्रमुख वैज्ञानिक रेबेका सावका अनुसार विश्वका विभिन्न देशले समस्याको व्याख्यानका लागि फरक-फरक भाषा प्रयोग गर्न खोजे पनि हामी समस्यामा छौँ भन्ने निष्कर्षमा सबै सहमत थिए ।

उनी भन्छिन्, ‘यो प्रकृति विनाशको प्रवृत्ति उल्ट्याउनका लागि हालसम्मकै सबैभन्दा सशक्त आहृवान हो ।’

अध्ययनका निष्कर्षहरू वनस्पति र जनावरको संरक्षणबारे मात्र नभई मानिसका लागि पनि कष्टपूर्ण हुँदै गरेको संसार बचाउनेबारे रहेको प्रतिवेदनको संयोजन गरेका पूर्व नासा वैज्ञानिक रोबर्ट वाट्सन बताउँछन् ।

‘हामी सम्भाव्य खाद्य सुरक्षा, पानी सुरक्षा, मानव स्वास्थ्य र सामाजिक सम्बन्धलाई पनि खतरामा पार्दै छौँ,’ उनी भन्छन् ।

यद्यपि पहिलो प्रतिवेदन अनुसार समस्या समाधान गर्ने हो भने अझै ढिला भएको छैन । ‘हामीले यस ग्रहका जीवनमा नाटकीय पुनर्संरचना गरिसकेका छौँ,’ प्रतिवेदन लेखन टोलीका सहअध्यक्ष इडुवार्डो ब्रोन्डिजिओ भन्छन् ।

जैविक विविधता मासिने ५ कारण

प्रतिवेदनको ३९ पृष्ठ लामो सारांशमा मानिसहरुले जैविक विविधता घटाइरहेका ५ ‘हाइलाइट’ हरु यस्ता छन्ः

– जंगल, घाँसे मैदान र अन्य क्षेत्रहरु खेत, शहर र अन्य विकास आयोजनामा उपयोग गरिनु । यसले वनस्पति तथा जनावरहरुलाई बासस्थानको अभाव भएको छ । पृथ्वीको भूमिको तीन चौथाई जति, समुद्रको दुई तिहाई र महत्वपूर्ण जलमग्न क्षेत्रहरु या त अतिक्रमण भएका छन्, वा अन्य प्रजातिहरुलाई बस्नका लागि अयोग्य भएका छन् । विश्वका एक तिहाई माछा भण्डारहरु रित्तिएका छन् ।

– समुद्रहरुमा माछा निकाल्ने क्रम बढेको छ । जलवायू परिवर्तनले गर्दा पनि केही प्रजातिहरुका लागि पृथ्वी या धेरै तातो, धेरै चिसो वा सुख्खा बनेको छ । संसारका आधाजति स्तनधारी प्राणीहरु र एक चौथाइजति पंक्षीहरुको बासस्थानलाई ग्लोबल वार्मिङले नराम्ररी प्रभावित बनाइसकेको छ ।

– माटो र पानी दुबै प्रदूषित छन् । प्रत्येक वर्ष ३० देखि ४० करोड टन भारी धातु र विषाक्त हिलो पानीमा मिसिन्छन् ।

– आगन्तुक प्रजातिहरुले स्थानीय प्रजातिलाई विस्थापित गर्ने क्रम बढिरहेको छ । सन् १९७० यता प्रत्यक देशमा आगन्तुक प्रजातिको अनुपात ७० प्रतिशतसम्म बढेको छ । ब्याक्टेरियाको एउटा प्रजाति करिब ४०० उभयचर प्रजातिका लागि खतरा बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment