+
+
Shares

म नभएको भए हेटौंडाबाट राजधानी सरिसक्थ्यो : मुख्यमन्त्री पौडेल

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख २४ गते २०:२४

२४  वैशाख,  हेटौंडा । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश राजधानी हेटौंडाबाट अन्यत्र सर्ने कल्पना नगर्न आग्रह गरेका छन् ।  उनले आफू मुख्यमन्त्री नभएको भए हेटौंडामा प्रदेशसभाको पहिलो बैठक भन्दा नबस्ने भन्दै अब स्थायी हुन् पक्का भएको जिकिर गरे ।

‘म मुख्यमन्त्री नभएको भए एक दिन बैठक बसेर राजधानी जान्थ्यो, मै भएको भएर राजधानी हेटौंडामै १५ महिना रहयो अब स्थायी बन्छ’ उनले भने  ।

मंगलबार हेटौंडा एफएमको १४ औं वार्षिक उत्सवमा उनले प्रदेश सरकारले काम गर्न सकेन भन्नु गलत भएको बताए । उनले प्रदेश सरकार बाटो बनाउँदै दौडने तयारीमा रहेको भन्दै अब स्थायी मानसिकताका साथ सरकारको काम देखिने दावी गरे ।

प्रदेश सरकारले सोचेको भन्दा धेरै काम गरेको भन्दै मुख्यमन्त्री पौडेलले कसैले काम भएको छैन भनेमा आफू जवाफ दिन तयार रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?