
२६ वैशाख, काठमाडौं । डिश मिडिया नेटवर्क लिमिटडले बारा जिल्लाका हावाहुरी प्रभावित क्षेत्रमा निशुल्क सेवा दिएको छ ।
कम्पनीले हावाहुरी प्रभावित क्षेत्रका करिब ५ सय घरधुरीमा हावाहुरीबाट अवरूद्ध टेलिभिजन सिंग्नल निशुल्क सुचारू गरिदिएको हो । कम्पनीले हावाहुरी प्रभावित प्रदेश नं. २ स्थित बाराका परसौनी, परवानीपुर, वरवारिया गाउँपालिकामा निशुल्क सेवा दिएको हो ।
प्रभावित क्षेत्रमा निशुल्क एन्टेना परिवर्तन, निशुल्क तार वितरण तथा जडान गरिदिएको हो । कम्पनीले हावाहुरी प्रभावित क्षेत्रका पीडितलाई केही मात्रामा भएपनि राहत होस् भन्ने उदेश्यले निशुल्क सेवा दिएको हो ।
डिशहोम नेपालको एक मात्र आधिकारिक डिटिएच सेवा हो । डिशहोमको सेवा संचालनमा आएपछि नेपालमा भारतिय पे र फ्रि डिशहरु विस्तारै विस्थापित हुँदै गइरहेको छ । भारतिय पे र फ्रि डिशहरुमा नेपाली च्यानल नआउने गुणस्तर कमसल हुने र मर्मत सेवा झन्झटीलो हुने गरेकाले डिशहोम डिटिएच नै ग्राहाकहरुमा लोकप्रिय भएको पाइन्छ ।
प्रतिक्रिया 4