+
+
WC Series
विराटनगर किंग्स 2025
144/8 (20)
VS
Lumbini Lions won by 5 wickets
Won लुम्बिनी लायन्स 2025
145/5 (17.5)
Shares

नबिल नारी ‘उद्यमी सीड क्याम्प’ हुँदै

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख २६ गते २१:३२

२६ वैशाख, काठमाडौं । उद्यमी इनोभेसन र नबिल बैंकको संयुक्त आयोजनामा ‘नबिल नारी उद्यमी सीड क्याम्प’हुने भएको छ।

पुल्चोकस्थित ‘इनोभेसन हाइभ’मा आयोजना गरिएको पत्रकार सम्मेलन मार्फत दुवै संस्थाका प्रतिनिधिहरुले ‘नबिल नारी उद्यमी सीड क्याम्प’को आवेदन खुला गरिएको जानकारी गराए।

विगत २ वर्ष देखि संचालन गरिंदै आएको उद्यमी सीड क्याम्पको यो महिला(लक्षित संस्करण हो, जसमा कम्तिमा एक महिला सह(संस्थापक रहेका २ देखि ४ जनाको समूहले आफ्नो नविन सोच सहित आवेदन दिन सक्ने बैंकको भनाइ छ।

बैंकका अनुसार आवेदन खुलेको एक महिनासम्म आवेदन दिन सकिने उक्त कार्यक्रममा स्थापित उद्यमीहरु र दक्ष प्रशिक्षकहरुले एक हप्ता लामो उद्यमशिलता बिकाश तालिम दिने छन्।

यसरी तालिम पछि सहभागीहरु अर्को एक महिना आफ्नो व्यावसायिक योजनामा काम गर्नेछन्। एक महिनापछिको डेमोडेमा लगानीकर्ताको माझ आफ्नो योजना प्रस्तुत गर्ने छन्। यो संस्करणमा जम्मा २० ओटा उत्कृष्ट व्यावसायिक योजनाहरु छनोट भइ अर्को चरणमा जाने छन्।

यो कार्यक्रम यहीँ बसेर केही गर्छु भन्ने सपना बाकेका युवाहरुको लागि आफ्नो व्यावसायिक सपनाको बिउ रोप्ने अवसर भएको नबिल बैंकका प्रमुख कार्यकारी अध्यक्ष अनिल शाहले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?