+
+
Shares

चट्याङ लागेर मोरङमा एकजनाको मृत्यु

रासस रासस
२०७६ वैशाख ३१ गते १८:४६

३१ वैशाख, उर्लाबारी (मोरङ) । हावाहुरीसँगै परेको चट्याङ लागेर मोरङको रतुवामाई नगरपालिका-४ मा  मंगलबार एक महिलाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठका अनुसार बिहान हावाहुरीसँगै परेको चट्याङ लागेर ५० वर्षीया सञ्जुदेवी गनगाई सिंहको मृत्यु भएको हो ।

चट्याङका कारण सिंहका परिवारका सदस्य ५० वर्षीय बुधलाल सिंह र १५ वर्षीय सुरेश सिंह घाइते भएका छन् । घाइते दुवैको स्थानीय स्वास्थ्य संस्थामा उपचारपछि घर लगिएको छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?