+
+
Shares

डडेल्धुरामा स्मार्ट कार्डबाट सेनेटरी प्याड

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ १ गते १४:२३

१ जेठ, डडेल्धुरा । डडेल्धुराको भागेश्वर गाँउपालिकाले जिल्लामै पहिलो पटक स्मार्ट कार्ड प्रयोग गरी मेसिनबाट सेनेटरी प्याड निकाल्ने मेसिन सञ्चालनमा ल्याएको छ ।

गाउँपालिकाको ४ बगरकोटमा रहेको सरस्वती माध्यमिक विद्यालयमा प्याड मेसिन सञ्चालनमा ल्याइएको गाउँपालिकाकी अध्यक्ष कौशीला भट्टले बताइन ।

‘छात्राहरुलाई चाहिएको बेला भिन्नै मेसिनमा स्मार्ट कार्ड छिराएर प्याड निकाल्न सक्नेछन्’ उनले भनिन ‘विद्यालयमा अहिले १ सय १० वटा स्मार्टकार्ड वितरण गरेका छौ ।’ सेनेटरी प्याड मेसिन किशोरीहरुलाई सुरक्षित महसुस हुने भिन्नै स्थानमा राखिएको उनले बताइन् ।

‘अब अन्य माध्यमिक विद्यालयमा पनि सेनेटरी प्याड निकाल्ने मेसिन राख्ने योजनामा छौं’ उनले भनिन् ।

मेसिन राखेपछि महिनावारीका कारण छात्राहरु दुई/तीन दिनसम्म विद्यालय नआउने, आइहाले पनि कक्षा छाडेर बाहिर निस्कनुपर्ने बाध्यता अन्त्य हुने शिक्षिका भुवनेश्वरी शाहीले बताइन् ।

ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाको सहयोगमा छात्राहरुको महिनावारी स्वच्छता व्यवस्थापनका लागि स्वचालित सेनेटरी प्याड मेसिन सञ्चालनमा ल्याइएको गाउँपालिकाले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?