+
+

ईश्वर पोखरेलको असन्तुष्टि-विचारमा स्पष्ट भएनौं भने नेकपा तासको घरजस्तै भत्किन्छ

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ १ गते १६:१४

१ जेठ, काठमाडौं । कार्यवाहक प्रधानमन्त्री समेत रहेका सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य ईश्वर पोखरेलले एकीकृत पार्टीको मूल विचार स्पष्ट हुनुपर्ने भन्दै अहिलेको अवस्थाप्रति असन्तुष्टि जनाएका छन् ।

युवा संघ नेपालकेा २९ औं स्थापना दिवसका अवसरमा बुधवार काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्ड सहितका बरिष्ठ नेताहरुतर्फ इंगित गर्दै पोखरेलले विचारमा स्पष्ट नभए कम्युनिस्ट पार्टी तासको घर जस्तै ढल्ने चेतावनी दिए । उनको संकेत नेकपाको वैचारिक अन्यौलप्रति थियो ।

पोखरेलले अब नेकपाभित्र सांगठानिक एकता सकिन लागेको भन्दै राजनीतिक कार्यदिशाका लागि पार्टीभित्र सार्थक बहस र छलफल हुनुपर्ने बताए । पोखरेल पार्टीको राजनीतिक कार्यदिशा तथा मार्गदर्शक विचार जनताको बहुदलीय जनवाद हुनुपर्ने पक्षमा छन् ।

पार्टी एकीकरणपछि तत्कालीन एमालेले बोक्दै आएको जनताको बहुदलीय जनवाद स्थगनमा छ । पोखरेलले केही दिनअघि मदन भण्डारी फाउण्डेशनको कार्यक्रममा पनि जनताको बहुदलीय जनवाद नै नेकपाका लागि सार्थक विचार हुने भन्दै यसमा बहस हुनुपर्ने बताएका थिए ।

नेता पोखरेलले पार्टी कुनै नेताको तजबिजमा होइन, स्पष्ट कार्यदिशा र नीतिबाट चल्नुपर्ने बताए । उनले श्रृंखलावद्ध कमिटी प्रणाली नअपनाइए नेकपाको दुर्गति कसैले रोक्न नसक्ने बताए ।

पोखरेलले तत्कालीन एमालेले अवलम्वन गरेको संगठन प्रणाली र जबजको सिद्धान्तमा जोड दिँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?