+
+

७८ लाख धरौटीमा छुटे राजनारायण पाठक

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ १ गते १८:३५

१ जेठ, काठमाडौं । भ्रष्टाचार आरोप लागेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालिन आयुक्त राजनारायण पाठक  ७८ लाख रुपैयाँ धरौटीमा छुटेका छन् ।

बुधबार विशेष अदालतमा उपस्थित भएका पाठकसँग बयान लिएपछि थुनछेक बहस भएको थियो । अध्यक्ष बाबुराम रेग्मी सदस्यहरु द्वारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठ वैद्यको इजलासले पाठकसँग ७८ लाख रुपैयाँ धरौटी माग्यो ।

पाठकले नेपाल बंगलादेश बैंकको बैंक ग्यारेन्टीमा छुटेका छन् ।

नेपाल इन्जिनियरिङ कलेजको विवाद सुल्झाउने भन्दै उनले ७८ लाख रुपैयाँ घुस लिएको भिडियो सार्वजनिक भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?