Comments Add Comment

एथ्लेटिको मड्रिड छाड्नेको ओइरो !

१ जेठ, काठमाडौं । सिजन सकिनै लाग्दा स्पेनिस क्लब एथ्लेटिको मड्रिडमा खेलाडी बाहिरिने लाइन देखिएको छ । यसले ला लिगामा दोस्रो स्थानमा रहेको एथ्लेटिको नयाँ सिजनमा संकटको सामना गर्नुपर्ने डरमा छ ।

मंगलबार राति फरवार्ड एन्टोनी ग्रिजम्यानले क्लब छोड्ने घोषणा गरेसँगै यतिबेला क्लब धरासायी बनेको छ । किनभने यसअघि नै तीन जना डिफेन्डरले क्लब छाड्ने घोषणा गरिसकेका थिए ।

डिफेन्डर लुकास हेर्नान्डेजले यसअघि नै क्लबलाई अलविदा भनिसकेका छन् । लामो समय एथ्लेटिकोमा बिताएका डिएगो गोडिन र अर्का डिफेन्डर जुयानफ्रनले क्लब छोड्ने निश्चित भइसकेको छ ।

एक हिसाबले हेर्ने हो भने क्लबमा ठूलो प्रलय जाने निश्चित देखिन्छ । फिलिप लुइसले तत्काल केही नभने पनि उनी क्लब छाड्न चाहन्छन् भन्ने बुझिन्छ ।

अर्का डिफेन्डर सान्टिएगो अरियसलाई भने क्लबले नै बेच्न चाहिरहेको छ ।

मिडफिल्डतर्फ एथ्लेटिकोले ७० मिलियन युरोमा रोड्रिको रिलिज क्लज तोकेको छ । जसमा म्यानचेस्टर सिटीले इच्छा देखाएको देखिन्छ ।

फरवार्डमा जिग्रम्यानले क्लब छाड्ने भएसँगै अर्का फरवार्ड निकोला कलिनिकको भविष्य पनि अन्यौलमा नै छ । क्लबले उनी माथि निकै विश्वास गरेको थियो तर स्पेनमा राम्रो प्रदर्शन गर्न नसकेपछि उनले क्लब छाड्ने ढोका पनि खुल्ला बनेको छ ।

साउज निग्वेज र डिएगो कोस्टाकै भविष्य पनि निश्चित देखिएको छैन । यसैले प्रशिक्षक डिएगो सिमोन नयाँ सिजन नयाँ खेलाडीको खोजिमा नै हुने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment