Comments Add Comment

सिंगापुरको म्यूजियममा साहिदको स्ट्याचु

बलिउडका सफल नायक साहिद कपुरको स्ट्याचु बनेको छ । उनको स्ट्याचु बनाएर सिंगापुरको ‘मेडम टुसाद म्युजियम’मा राखिएको छ । उक्त स्ट्याचुको शाहिद आफैले उद्घाटन गरेका छन् । यो कार्यक्रममा सहभागी हुन साहिद आफ्नो श्रीमती मिरा राजपुत कपुरको साथमा पुगेका थिए ।

साहिद र मिराले संयुक्त रुपमा पर्दा उतार्दै उक्त स्ट्याचुको उद्घाटन गरेका थिए । उक्त स्ट्याचुसँग शाहिदले केही तस्विर पनि खिचाएका छन् । उनले सार्वजनिक गरेको तस्विर हेर्दा कुन वास्तविक र कुन स्ट्याचु हो छुट्याउन गाह्रो हुन्छ ।
केही दिन अघिमात्रै शाहिद आफ्नो श्रीमती र दुई सन्तान मिशा र जैनको साथमा सिंगापूर प्रस्थान गरेका थिए । उक्त स्ट्याचुको विषयमा शाहिदकी श्रीमती अनविज्ञ थिइन् । उनलाई सरप्राइज होस् भन्ने हेतुमा नै उनलाई उक्त कुराको जानकारी गराइएको थिएन । शहिदका अनुसार मिरा निकै सरप्राइज भइन् ।

सिंगापुरको यो म्यूजियममा विश्वका चर्चित व्यक्तिहरुको मैनको स्ट्याचु बनाइन्छ । सिंगापुर जाने पर्यटकले यो म्यूजियम भ्रमण गरेका हुन्छन् । अहिले शहिद आफ्नो नयाँ चलचित्र ‘कविर सिंह’को प्रचारमा पनि लागिरहेका छन् । हालै चलचित्रको ट्रेलर सार्वजनिक भएको छ । उक्त ट्रेलरबाट शहिदले निकै राम्रो प्रतिकृया पाइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment