+
+

भोजपुरमा मासुजन्य पदार्थ दुषित

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ ३ गते १९:०२

३ जेठ, भोजपुर । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धनकुटाले को अगुवाइमा शुक्रबार भोजपुर सदरमुकाममा बजार अनुगमन गरिएको छ । अनुगमनको क्रममा केही पसल तथा होटलहरुमा खाद्य तथा मासुजन्य पदार्थ गुणस्तरयुक्त नभएको पाइएको छ ।

भोजपुर बजार क्षेत्र आसपासका १६ वटा पसलमा अनुगमन गरिएको भोजपुरका प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले बताए । प्रशासन, नागरिक समाज, पत्रकार, उद्योग वाणिज्य संघसमेतको सहभागितामा गरिएको अनुगमनमा मिठाइ पसल, किराना पसल, मासु पसल, होटल र पाउरोटी उद्योग परेका छन् ।

मासु पसलहरु अव्यवस्थित रहेकोले छोपेर राख्न तथा सफाइमा ध्यान दिन सचेत गराइएको प्रजिअ खतिवडाले बताए । त्यस्तै मिठाइ पसलहरुमा बनाइएका परिकारमा रङको मात्रा बढी पाइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धनकुटाका निमित्त प्रमुख शिवशंकर मिश्रले बताए ।

अनुगमनको क्रममा तेल, चाउचाउ, कुरकुरे लगायतका ५ वटा खाद्य सामग्रीको नमुना ल्याव परीक्षणको लागि लगिएको अनुगमन टोलीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?