+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

एकै दिन ८०० अकंले घट्यो पाकिस्तानको सेयर बजार 

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ ५ गते १०:१८

५ जेठ, काठमाडौं । पाकिस्तानी रुपैयाँको अवमूल्ययन बढ्दै जाँदा यसको ठूलो असर पाकिस्तानको सेयर बजारमा पनि देखिएको छ । गत शुक्रबार पाकिस्तानको सेयर सूचक ८ सय अकंले घटेको छ । बजारको उक्त गिरावट पछिल्लो १७ वर्षयताकै सबैभन्दा बढी भएको पाकिस्तानी समाचार संस्था डाउनले जनाएको छ ।

स्टक कम्पनीज एशोसिएसन अफ पाकिस्तान ईक्यापले पछिल्लो दुई दिनमा पाकिस्तानी मूल्य अवमूल्ययन बढ्दा सेयर बजार प्रभावित भएको भनेको छ । शुक्रबार ३३ हजार ९७१.१२ अकंमा खुलेको बजारमा ८०४.५० अकंको गिरावट आएको थियो । ईक्याप सूचक शुक्रबार २।४३ प्रतिशतले नकारात्मक बनेर ३३ हजार १६६.६२ मा बन्द भएको छ ।

बजारमा देखिएको उथलपुथलले इन्टर बैंक मार्केटमा ठूलो असर परेको बीबीसी हिन्दीले जनाएको छ । शुक्रबारसहित पछिल्लो दुई दिनमा पाकिस्तानी रुपैयाँको अवमूल्ययन ५ रुपैयाँ भन्दा बढीले गहिरीएको एक्सेचेन्ज कम्पनिज एशोसियशन अफ पाकिस्तान इक्यापले जनाएको छ ।  एक डलर बराबर पाकिस्तानी रुपैयाँ १४९ पुगेको छ। खुला बजारमा एक डलरको मूल्य १५१ पाकिस्तानी रुपैयाँ  बराबर पुगेको छ।

सेयर बजारको उथल–पुथल पिछ पाकिस्तानी प्रधानमन्त्री इमरान खानका वित्तिय मामिला सल्लाहकार डा।हफिज शेखले सेयर बजार कारोबारीसँग कराँचीमा भेट गरेका छन्। बजारका ठूला लगानीकतार्ले बजार सन्तुलनका लागि वित्तीय सल्लाहकार शेखसँग ‘मार्केट सपोर्ट फण्ड’ बनाउन आग्रह गरेका छन्।

वित्तीय सल्लाहकार शेख र सेयर लगानीकर्ताले पाकिस्तानको स्टेट बैंकका गभर्नर डाक्टर रजा बकिरसँग पनि भेट गरेका छन् । सेयर बजार डाउनफल रोक्न प्रधामन्त्रीका वित्तीय सल्लाहकार र लगानीकर्ताले सपोर्ट फण्ड, विनिमय दर र व्याजदरका विषयमा गर्भनरलाइ भनेको बताइएको छ । पाकिस्तान स्टेट बैंकले सोमबार आफ्नो मौद्रिक नीति घोषणा गर्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?