Comments Add Comment

कोम्पनीले छाडे म्यानचेस्टर सिटी

५ जेठ, काठमाडौं । म्यानचेस्टर सिटीलाई कीर्तिमानी उपाधि दिलाएका कप्तान भिन्सेन्ट कोम्पनीले क्लब छाडेका छन् ।

शनिबार राति म्यानचेस्टर सिटीलाई एफए कपको उपाधि दिलाएका कप्तान कोम्पनीले क्लब छाडेका हुन् । सन् २००८ देखि २०१९ सम्म सिटीमा आवद्ध बेल्जियमका सेन्टर ब्याक कोम्पनी अब कता जाने छन् भन्ने विषय खुलेको छैन ।

म्यानचेस्टर सिटीले शनिबार राति एफएकपको फाइनलमा वाटफोर्डलाई ६–० गोलको जित हात पार्दै उपाधि जितेको थियो । यो उपाधि जितेसँगै एकै सिजनमा सिटीले प्रिमियर लिग, एफए कप र काराबाओ कप गरी तीन वटा प्रतियोगिताको उपाधि जित्दै रेकर्ड राखेको थियो ।

३३ वर्षीय कोम्पनीले म्यान्चेस्टर सिटीलाई चार प्रिमियर लिग, दुई एफए कप र चार लिग कपको उपाधि जिताएका छन् । उनले ३६० खेलबाट क्लबका लागि २० गोल गरेका छन् ।

क्लब छाड्ने घोषणा गर्दै कोम्पनीले भनेका छन्, ‘मेरो जाने समय आएको छ । म सबैप्रति आभारी छु कि जसले मलाई यो क्लबमा स्थान दियो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment