
७ जेठ, काठमाडौं । विश्वकप क्रिकेटको लागि पाकिस्तानले जर्सी सार्वजनिक गरेको छ ।
इंग्ल्यान्ड र वेल्समा यही मे ३० तारिखदेखि सुरु हुने आईसीसी विश्वकप एकदिवसीय क्रिकेटको लागि पाकिस्तानले मंगलबार जर्सी सार्वजनिक गरेको हो ।
जर्सी पहिलेको भन्दा केही फरक भएको छ । अब पाकिस्तानले यही जर्सीले विश्वकप खेल्ने छ ।
पाकिस्तानले विश्वकप सुरु भएको भोलि पल्ट मे ३१ तारिखमा वेष्ट इन्डिजविरुद्धको खेलबाट विश्वकप यात्रा सुरु गर्ने छ । सन् १९९२ मा अष्ट्रेलिया र न्युजिल्यान्डमा भएको विश्वकपको उपाधि उचालेको पाकिस्तान २७ वर्षपछि उपाधि जित्ने लक्ष्यसहित विश्वकपमा होमिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4