+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

भोजपुरमा प्रहरी र विप्लव कार्यकर्ताबीच गोली हानाहान, एक जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ ८ गते १:००

७ जेठ, भोजपुर । भोजपुरमा प्रहरीले विप्लव समूहका कार्यकर्तालाई गोली प्रहार गरी पक्राउ गरेको छ ।

भोजपुरको ट्याम्के मैयुम गाँउपालिका वडा नं.१ स्थित मैयुमडाँडा मुनिको धोद्रे जंगलमा प्रहरीले गोली प्रहार गरी एक जनालाई नियन्त्रणमा लिएको हो ।

मंगलबार १०–१५ जना हतियारधारी समूहको टोली रहेको सूचना पाएपछि पुगेको प्रहरीलाई जंगलमा समूहभन्दा पछाडि रहेका एक व्यक्तिले कम्मरमा भिरेको पेस्तोल फायरिङ गरेपछि प्रहरीले जवाफी गोली चलाएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रवक्ता प्रहरी निरीक्षक पाण्डवकुमार राजवंशीले जानकारी दिए ।

सो ठाउँ छिनामखु र खोटाङ्गको केपलासगढी गाउँपालिकाको सिमा क्षेत्रमा पर्दछ ।

उनका अनुसार घाइतेको तिघ्रामा गोली लागेको छ । घाइते भोजपुर षडानन्द नगरपालिका २ का ३२ वर्षका तीर्थराज घिमिरे रहेको प्रहरीले बताएको छ ।

सुरक्षा स्रोतका अनुसार घिमिरेको खुट्टामा गोली लागेको छ । उनलाई उपचारका लागि एम्बुलेन्सबाट भोजपुर अस्पताल ल्याइदैछ । उनको साथबाट एक थान कटुवा पेस्तोल पेस्तोलको गोली थान ५, लामो बाइनाकुलर थान १, डेटोनेटर थान ४, डेटोनेटर कर्ड अन्दाजी २० मिटर, बारुद र नेपाल कम्युनिष्ट पार्टीद्वारा जारी गरिएको विज्ञप्ति, पर्चा, पम्प्लेट समेत बरामद भएको प्रहरीले जनाएको छ ।

सदरमुकाबाट करिब ७० किलोमिटर टाढाको दुरीमा रहेको जंगलमा रहेका विप्लव समूहका कार्यकर्ताले गाउँबस्तीमा त्रास सिर्जना गरेको गुनासो आएपछि प्रदेश १ प्रहरी टोलीको सहयोगमा जिल्ला प्रहरी कार्यालय भोजपुरले गस्ती गरेको थियो ।

गस्ती गर्ने क्रममा जम्काभेट भएपछि गोली प्रहार भएको हो । जंगलमा रहेका विप्लव समूहका अन्य कार्यकर्ता खोटाङतर्फ भागेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?