+
+
Shares

सीके राउतले पाए दल दर्ता प्रमाणपत्र

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ ८ गते १६:५८

८ जेठ, काठमाडौं । सीके राउत नेतृत्वको जनमत पार्टी (जपा) निर्वाचन आयोगमा दर्ता भएको छ । निर्वाचन आयोगले उक्त पार्टीलाई दर्ता गर्ने निर्णय जेठ ६ गते गरेको हो ।

आयोगले राउतलाई दल दर्ता प्रमाणपत्र पनि दिएको छ । उनको पार्टीको दर्ता नम्बर १५० रहेको छ । सीके राउतको पार्टीको कार्यालय भक्तपुरको सूर्यविनायक उल्लेख गरिएको छ ।

दल दर्ता प्रमाणपत्र पाएपछि राउतले सबै जनता, कार्यकर्ता, स्वयंसेवक, शुभेच्छुक र नेताहरुलाई ट्विटरमार्फत धन्यवाद दिएका छन् ।

पृथकतावादी आन्दोलनमा रहेका राउत सरकारसँग फागुन २४ गते ११ बुँदे सम्झौता गर्दै मूलधारको राजनीतिमा फर्किएका थिए । त्यसपछि उनले जनमत पार्टी गठन गरी निर्वाचन आयोगमा दल दर्ताको आवेदन दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?