+

प्रधानमन्त्री कप क्रिकेटमा राखेपको भद्दा मजाक

२०७६ जेठ  १२ गते १६:०२ २०७६ जेठ १२ गते १६:०२
प्रधानमन्त्री कप क्रिकेटमा राखेपको भद्दा मजाक

१२ जेठ, काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट अन्तर्गत कर्णाली प्रदेशविरुद्ध मुलपानी क्रिकेट मैदानमा पुग्दा नेपाल पुलिस क्लबका प्रशिक्षक मनोज कटुवाल जिल खाए ।

नखाउन पनि किन ? मुलपानीको तल्लो मैदानको अवस्था त्यस्तो थियो । पिचमा धमाधम म्याट ओछ्याउने काम भइरहेको थियो । आउट फिल्ड ध्वस्त थियो, बाउन्ड्री पनि व्यवस्थित थिएन । मैदान खेल्न योग्य नै थिएन भन्दा पनि हुन्छ तर राखेपले त्यही खेलाउने भयो ।

एकदिवसीय मान्यता पाएको देशका खेलाडीहरुले खेल्ने देशकै प्रतिष्ठित प्रतियोगिताको हालत देख्दा पूर्वखेलाडी समेत रहेका मनोजलाई १५ वर्ष पछाडि धकेलिएको महसुस भयो । ‘मेरो जमानामा मैले क्रिकेट खेलेको जस्तो लाग्छ’ उनले भने, ‘एकदिवसीय मान्यता पाएको देशका राष्ट्रिय खेलाडीहरुले म्याटमा क्रिकेट खेल्ने अवस्था आउनु दुःखद क्षण हो ।’

प्रधानमन्त्री कप नेपालको घरेलु क्रिकेटको सबैभन्दा ठूलो प्रतियोगिता हो भन्दा फरक पर्दैन । त्यसमाथि क्रिकेट संघ निलम्बनमा परेपछि यो राष्ट्रिय खेलाडीहरुले खेल्ने एक मात्र एकदिवसीय प्रतियोगिता हो । यसबाहेक तीन वटा फ्रेन्चाइज लिग हुन्छ तर, सबै २० ओभरको ।

त्यसैले घरेलु संरचना नभएको बेला हुन लागेको प्रधानमन्त्री कपलाई खेलाडीहरुले निकै महत्व दिएका थिए ।

तर, आयोजक राष्ट्रिय खेलकुद परिषद् (राखेप) र व्यवस्थापक नेपालय इन्टरनेशनलले यति ठूलो प्रतियोगितामा भद्दा मजाक गरेको छ । किनकी पिचमा म्याच बिछ्याएर १०/१५ वर्ष पहिले मात्र खेलिन्थ्यो, जतिबेला नेपाली क्रिकेट धेरै पछाडि थियो । टुँडिखेलमा मात्र यसरी खेलिन्थ्यो ।

नेपालले एकपछि अर्को सिढी चढ्दै एकदिवसीय मान्यता पाएको पनि एक वर्ष नाघिसक्यो । त्यस्तो अवस्थामा म्याटमा खेलाउँदा नेपाली क्रिकेट १५ वर्ष फर्किए जस्तो महसुस भएको पुलिसका प्रशिक्षक कटुवालले बताए ।

क्रिकेट मैदान नै नभएर म्याटमा खेलाउनु परेको पनि होइन । मुलपानीकै माथिल्लो मैदानमा कम्तिमा पिच राम्रो छ, आउट फिल्ड पनि कामचलाउ छ । त्रिवि क्रिकेट मैदान छ ।

अरु विकल्प हुँदाहुँदै राखेपले मुलपानीको तल्लो मैदानमै खेलाउने ढिपी कस्यो । तर, त्यसअनुसार न मैदान तयार पार्न सक्यो, न अरु तयारी नै गर्‍यो । त्यही कारण १० गते मुलपानीमा गर्ने भनिएको उद्घाटन समारोह हुन सकेन ।

अन्तिम समयमा कीर्तिपुरस्थित मैदानमा सारियो । १२ गतेसम्म पिच तयार पार्ने राखेप सदस्य सचिव केशव विष्टको दाबी पनि झुटो सावित भयो र, अन्ततः म्याटमा खेलाइएको छ ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय